यस्तो रहेछ प्रमोदराजको ‘घरको छानो’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २४ बैशाख शुक्रबार
no img

pramod

काठमाडौं । गायक प्रमोदराज न्यौपानेको एकल एल्बम ‘मेरो घरको छानो’ मा समावेश एउटा गीतको भिडियो रिलिज भएको छ । एल्बमको टाईटल गीत ‘कस्तो छ मेरो घरको छानो बलियो’ लार्य म्युजिक भिडियोमा ल्याइएको हो । यस भिडियोलाई भुषण दाहालले निर्देशन गरेका छन् । भिडियोमा नाकाबन्दी, विभिन्न आन्दोलन, अस्थिर सरकार, सरकार भएर पनि राष्ट्रियताको सवालमा कुशल नेत्रृत्व हुन नसकेको जस्ता विषयलाई चित्रित गरिएको छ ।
लामो समय बेलायतमा रहेका तीन दाजुभाईको अनौठो संगम गीतमा देख्न सकिन्छ । ‘एउटा नेपाली देशमा सिर्जित तमाम समस्याको बाबजुत संघर्ष गर्न नसकेर रोजगारीका लागि विदेशिन्छ, तबमात्र उसले त्यहाँ पुगेपछि आफूभित्र रहेको राष्ट्रियताको भावनालाई आत्मसाथ गर्न सक्दो रहेछ’, यो गीतका रचनाकारसमेत रहेका गीतकार युरान भन्छन्, ‘सायद यहि भावनाकै कारण यस्तो राष्ट्रिय भावनाले ओतप्रोत गीत जन्मिन सक्छ ।’

Comments