‘बागमती लिटिल स्टार’ हुँदै
screennepal
प्रकाशित: २०७३, २३ बैशाख बिहीबार
no img

काठमाडौं । बालबालिका केन्द्रीत सौन्दर्य प्रतियोगिता ‘बागमती लिटिल स्टार–२०१६’ हुने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो । यस सिजनका लागि धमाधम आवेदन लिने कार्य भइरहेको आयोजकले जनाएको छ । द श्रीराज इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा ६ देखि १२ वर्षसम्म उमेरका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।

bagmati little star
स्कुल अध्ययनरत बालबालिकाको प्रतिभा प्रस्फुटन तथा आत्मविकास र क्षमता बृद्धि गर्ने उद्देश्यले ‘बागमती लिटिल स्टार’ को सुरुवात गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको यस सिजनमा ४० जना बालबालिकालाई समेट्न लक्ष्य रहेको पनि आयोजकले जनाएको छ । आवेदनका लागि एक अझै एक साता अवधि रहेको जनाइएको छ ।

Comments