सञ्जिवको ‘तिमी र म’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २३ बैशाख बिहीबार
no img

काठमाडौं । मेलोडियस शैलीका गीत गाएर दर्शक तथा स्रोतामाझ लोकप्रिय भएका गायक सञ्जिव सिंहको नवौं एकल गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ । स्टेरियो रेकर्ड्सले बिहिबार काठमाडौंमा सार्वजनिक गरेको यो एल्बममा पनि गायक सिंहले आफ्नो मेलोडी शैलीलाई कायम राखेका छन् ।

Sanjeev
सन् २००० मा पहिलो एल्बम ‘आकाशबाट’ मार्फत सांगीतिक क्षेत्रमा सक्रिए भएका गायक सिंहले यो अवधिमा दर्जनौं लोकप्रिय गीत–संगीत स्रोतामाझ पस्किसकेका छन् । ‘चुलेसीमा…’ गीतको लोकप्रितासंगै दर्शक तथा स्रोताको मन–मुटुमा बस्न सफल गायक सञ्जिब सिंहले ‘तिमी र म’ एल्बममा आफ्नो संगीतका ८ तथा सुरेशकुमार क्षेत्रीको एक गरी ९ वटा गीत समावेश गरेका छन् । एल्बमका सात गीतमा गायक सिंहकै शब्द सुन्न सकिन्छ भने बा“कि गतिमा सुरेशकुमार क्षेत्री तथा बिलास राईको शब्द छन् ।
गोपाल रसाइली, महाराज थापा तथा राजन ईशानले एल्बमका गीतमा संगीत संयोजन गरेका छन् । एल्बमको शीर्षक गीत ‘तिमी र म’ को म्युजिक भिडियो केही वर्षअघि नै यूट्युबमार्फत सार्वजनिक भैसकेको छ । यो गीतको म्युजिक भिडियो करिव ८ लाख पटक हेरिएको छ । यसबाहेक एल्बमको ‘रातो भाले’ को म्युजिक भिडियो पनि दर्शकले मन पराएका छन् । ‘के जादू चल्यो’ गीतको म्युजिक भिडियो गत वैशाख १ गते यूट्युबवमा सार्वजनिक गरिएको छ ।
गायक सिंहले करिव तीन वर्षपछि नया“ एकल गीति एल्बम सार्वजनिक गरेका हुन् । ‘तिमी र म’ अघि गायक सिंहले ‘मैच्याङ ज्यानमारा’, ‘मुग्लान’, ‘बेस्ट अफ सञ्जिब सिंह–१,२,३’, ‘अल्वेज’, सेलेक्टेड सञ्जिब सिंह, सोल, आकाशबाट आदि शीर्षकका गीति एल्बम सार्वजनिक गरिसकेका छन् ।

Comments