विष्णु र नवराजको ‘मधुरता’
screennepal
प्रकाशित: २०७३, २३ बैशाख बिहीबार
no img

काठमाडौं । गीतकारद्धय डा. विष्णु रजनी र नवराज पोखरेल ‘सुमन’ को आधुनिक गीत तथा गजल संग्रह ‘मधुरता’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा गीतकार कालीप्रसाद रिजाल र संविधानविद् एवं संगीतकार भीमार्जुन आचार्यले एल्बम विमोचन गरेका थिए ।
सन्तोष श्रेष्ठको संगीत रहेको एल्बममा अन्जु पन्त, मनोजराज सिवाकोटी, युवराज चौलागाइँ, शिव परियार, निशा देशार, भविन ढुंगानालगायतका गायक÷गायिकाले स्वर रहेको छ । विभिन्न छ वटा गीत समावेश एल्बमलाई रेकडिङ तथा मिक्सिङ भोला पौडेलले र मास्टरिङ प्रदिपकुमार उपाध्यायले गरेका हुन् भने एरेन्जमेन्ट सुदिप सागरको रहेको छ ।

madhurta
कार्यक्रमको सुरुवातमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको शुभकामनाभिडियो सन्देश देखाइएको थियो । स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसकेकाले उनको भिडियो सन्देशमा देखाएको हो । कार्यक्रममा गीतकार कालीप्रसाद रिजाल तथा संविधानविद् भिमार्जुन आचार्यले एल्बममाथि समीक्षा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
एल्बमका गीतकारमध्ये डा. विष्णु रजनी हाल अमेरिकामा छन् । उक्त कार्यक्रममा भिडियो सन्देश छोेड्दै उनले आफ्नो आमाबुबाले आफुलाई सधै सहयोग र संस्कार दिएकोमा आभार प्रकट गरेका छन् ।
त्यसैगरि अर्का गीतकार नवराज पोखरेलले विष्णु सानैदेखिको साथी भएको र एक अर्काको भावना मिल्ने भएकोले केही गरौ भन्ने हेतुले यो एल्बमको सृजना गरेको बताए ।  विभिन्न समाजसेवी, बुद्धिजिवी, प्रवुद्ध व्यक्ति, गायक(गायीका एवं पत्रकारको उपस्थिती रहेको उक्त कार्यक्रममा गायक भविन ढुंगाना र गायीका निशा देसारले उक्त एल्बममा समावेश गीतहरु गाएका थिए ।

Comments