रिञ्जी भइन् तेस्रो ‘स्कुल प्रिन्सेस नेपाल’
screennepal
प्रकाशित: २०७३, २२ बैशाख बुधबार
no img

काठमाडौं । ‘स्कुल प्रिन्सेस नेपाल–२०१६’ को ताज रिञ्जी शेर्पाले चुमेकी छन् । १८ स्पर्धीलाई पछाडि पार्दै रिञ्जीले उपाधि आफ्ना पोल्टामा पारेकी हुन् । सिद्धार्थ बनस्थली स्कुलमा कक्षा ७ मा अध्ययनरत रिञ्जीले उपाधिसँगै नगद २५ हजार र एक वर्षका लागि पूर्ण छात्राबृत्ति पनि पाएकी छन् ।

school prences nepal, screen  (1)

आर.के इन्टरटेनमेन्ट प्रालिद्वारा मंगलबार साँझ आयोजित तेस्रो संस्करणको यस प्रतियोगितामा एसओएस स्कुलमा अध्ययनरत निर्देशिका भण्डारी फस्ट रनरअप र सरस्वती बोर्डिङ स्कुल क्षेत्रपाटीमा अध्ययनरत श्रुति श्रेष्ठ सेकण्ड रनरअप भए । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँका साथै विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् । विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजित प्रतियोगितामा पब्लिक च्वाईजको टाइटल अवार्ड भने इशा लिउले पाइन् ।
भोटिङको आधारमा पब्लि च्वाइन अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष राम केसीले बताए ।

school prences nepal, screen  (3)
पहिलो शिक्षा मूलक प्रतियोगिता भनिएको ‘स्कुल प्रिन्सेस नेपाल’ मा विभिन्न टाइटल उपाधि पनि प्रदान गरिएको छ । जसमा एक्मी गुरुङ र दीपिका अधिकारीले ‘बेस्ट हेयर’, मुस्कान श्रेष्ठ ‘बेस्ट स्माईल’, लुमन्ती शाक्यले ‘बेस्ट क्याटवाक’ र प्रजिना खड्काले ‘बेस्ट ट्यालेन्ट’ टाइटल अवार्ड पाए ।

school prences nepal, screen  (4)
त्यस्तै, प्रतियोगितामा विपाशना ताम्राकार र पुस्तिका पोखरेलले ‘डिस्प्लिन’, मञ्जु नगरकोटी ‘फोटो जेनिक’, श्रीषा महर्जन ‘बेस्ट ब्युटि’, प्रजिना राजवंशी ‘बेस्टलुक’, रमा तामाङ ‘स्पोन टेनस’, नेहा खान र रित शर्माले ‘पर्सनालिटी’ र साइन लिम्बू र सनु गुरुङले ‘बेस्ट फ्रेन्डशीप’ सव टाइटल अवार्ड पाए । बरिष्ठ कलाकार शुभद्रा अधिकारीको आतिथ्यमा आयोजित प्रतियोगितामा निर्णाणकमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, पत्रकार आरडी शृंखला, संगीतकार रामकृण दवाडी हिराल्ड कलेजका प्रिसिन्पललगायत रहेका थिए । कार्यक्रममा निरज मालाकार, तेजबहादुर तामाङ, कलाकार उत्तम केसी, माधव थापालगायतको उपस्थिति थियो ।

Comments