श्रोतालाई ‘प्रतिक’ छाडेर अमेरिकातिर दिपेन
screennepal
प्रकाशित: २०७३, २२ बैशाख बुधबार
no img

dipen (2)

काठमाडौं । ‘कान्छी मट्याङ ट्याङ’ रिमिक्स गीतमार्फत गायनमा चर्चामा आएका दिपेन गुरुङको आधुनिक गीति एल्बम ‘प्रतिक’ श्रोतामाझ आएको छ । गायक दिपेनको यो दोस्रो एल्बम हो । यसअघि उनले ‘प्रतिबिम्ब’ ल्याएका थिए ।
‘प्रतिक’ को हालै एक समारोबीच राजधानीमा सार्वजनिक गरिएको हो । एल्बमको गायक नविन भट्टराई र एल्बमसँग सम्बन्धित कलाकारले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । साथै, ‘प्रतिक’ बिमोचन समारोहमा गायक दिपेनकी आमालाई सम्मानसमेत गरिएको थियो । पारिवारिक रुपमा सार्वजनिक कार्यक्रम गायककी पत्नी पेमा गुरुङ पनि अतिथिका रुपमा उपस्थित थिइन् ।

dipen (1)
एल्बम सार्वजनिक गरेलगत्तै गायक दिपेन अमेरिकातिर लागेका छन् । उनले अमेरिकामा पनि सांगीतिक करिअरलाई निरन्तरता दिने बताएका छन् । उनले भने, ‘नेपाली सांगीतिक क्षेत्रमा खाशै भविष्य त देखेको छैन । तर, सानैदेखिको रुचिका कारण निरन्तर लागि रहनेछु ।’ एल्बममा समावेश दुई गीत ‘गरिबको माया’ र ‘फर्कि फर्कि’को म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेका दिपेनले बताए ।

Comments