जशोदा र मविन्द्रको ‘आउँ मायाको कुरा गरौं…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २१ बैशाख मंगलवार
no img

काठमाडौं । गायिका जशोदा सुब्बा र मविन्द्र राईको सिंगल ट्रयाकको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आउँ मायाको कुरा गरौं’ बोलको गीतलाई यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । पुर्वेली लोक पपशैलीको यस गीतको शब्दरचना तथा संगीत मविन्द्र राईले नै गरेका हुन् । शुभेक्षा रजक र दिनेश गुरुङको अभिनय रहेको यस भिडियोलाई सञ्जित श्रेष्ठले निर्देशन गरेका हुन् भने छायाँकन पनि सञ्जितकै रहेको छ ।

jasoda subba
भिडियोमा गायिक जशोदा र मविन्द्रकै पनि अभिनय देख्न सकिन्छ । ब्रिजेश श्रेष्ठको सम्पादन रहेको यस गीतको भिडियोलाई यु–ट्युबमा दर्शकले रुचाएका छन् । भिडियो रिलिज गरेको २ दिनमै तीन हजारभन्दा बढी हेरिसकेका छन् । गायिका जशोदा केही समयअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएकी हुन् । उनी आफ्नो एकल एल्बम सार्वजनिक गरेपछि कोरिया गएकी थिइन् । यो पछिल्लो गीत रिलिज गरेपछि उनले भनिन्, ‘केही समय अब नेपालमै बस्छु होला ।’

https://www.youtube.com/watch?v=3RxhzZuBe9Y

Comments