‘आमा घर’प्रति समर्पित यो गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २१ बैशाख मंगलवार
no img

काठमाडौं । गायक तथा संगीतकार बिजय विमुनको एउटा गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार समेत रहेका बिजयको ‘आमा मेरो घामको किरण, बाबा मेरो जुनको…’ बोलको गीत म्युजिक भिडियोमा आएको हो । हाल इजरायलमा बस्दै आएका गायक बिजयको यो ‘नशा चढ्यो मायाको’ एल्बममा समावेश गीत हो । जुन एल्बम गर्त वर्ष नै रिलिज गरिएको हो । ‘आमा घर’प्रति समर्पित यो एल्बमको गीतको भिडियो निकै ममस्पर्शी बनेको छ ।

aama

यस भिडियोमा निर्देशन अजय स्याङ्तानले गरेका हुन् । भिडियोमा अभिनेत्री रुपमा राना, दिक्पाल कार्की र कुमार अधिकारीको अभिनय हेर्न सकिन्छ । साथै बालकलाकारका रुपमा भिडियोमा ड्वाङ्मो थिङको अभिनय रहेको छ । उमंग शाहीको छायांकन रहेको यस भिडियोको सम्पादन नीर थिङले गरेका हुन् । स्मरणीय कुुरा यस एल्बम रिलिज गर्दा गायक तथा संगीतकार बिजयले आमा घरलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए । साथै, एल्बमसमेत उनले आमा घरलाई नै समर्पित गरेका छन् ।

Comments