ज्योति मगरको यस्ता छन् ताता–बाठा कुरा (भिडियो वार्ता)
screennepal
प्रकाशित: २०७३, २१ बैशाख मंगलवार
no img

काठमाडौं । पछिल्लो समय नेपाली लोकगीत ‘हिट’ होइन ‘हट’ हुन थालेको छ अर्थात् लोकगायनमा पश्चिमा शैली मिश्रित पाइन थालेको छ । यस्तो अवस्थामा कुनै लोकगायिका वा गायक ‘हट एण्ड बोल्ड’ हुँदैमा अनौठो मान्न कुरै भएन । सन्दर्भ ज्योति मगरसँग जोड्न खोजिएको हो । गायिका ज्योति मगर भन्नेवित्तिकै लोकगायनमात्रै नभएर समग्र नेपाली संगीत क्षेत्रमै ‘हट एण्ड सेक्सी’ शब्द प्रतिविम्बित हुन्छ ।

jyoti aa
पछिल्लो समय मोडलिङसमेत गर्दै आएकी ज्योति ‘हट एण्ड सेक्सी’ गायिकामात्र नभएर उनी रियलमा पनि हट छिन् । उनको पहिरनशैलीमा झल्किने सेक्सीपनझैं बोलीमा पनि दम छ । जति ज्योतिको गायनमा दम छ, त्यति नै उनको परिहनशैली र बोलीचालीमा पनि । त्यसैले त उनले लगाएको पहिरनदेखि लिएर उनका हरेक बोली मिडियामा गसिप बन्छ ।

jyoti Magar
हुन त कतिपयले ‘ज्योति छाडा भइन्’ भन्ने आक्षेपसमेत लगाउने गरेका छन् । तर, ज्योति छाडा भएकी होइन, समाज नै यस्तै हो, जबकि नेपाली समाज परिवर्तित छ । त्यससँगै आफूलाई समाहित गर्न खोजेको ज्योतिको भनाइ छ । ज्योतिको भनाइमा को सहमत छ र छैन भन्दा पनि उनी कतिसम्म सही बोल्छिन् ? भन्ने यर्थातलाई मनन गर्ने हो । एकपटक यहाँले पनि गायन क्षेत्रले दिएको उपमा यिनै ‘हट एण्ड सेक्सी’ अर्थात् चर्चित लोकगायिका ज्योति मगरको अन्तैवार्ता सुन्ने प्रयास गर्नुहोला ।

Comments