१८ विधामा म्युजिक भिडियो अवार्ड
screennepal
प्रकाशित: २०७३, २० बैशाख सोमबार
no img

काठमाडौं । अब म्युजिक भिडियो अववार्ड पनि हुने भएको छ । यो अवार्ड संगीक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिले पहिलोपटक आयोजना हुन लागेको हो । ‘नेपाली म्यूजिक भिडियो अवार्ड–२०७३’का लागि अन्तिम पाँचमा परेका संगीत सर्जकसमेत सार्वजनिक गरिसकिएाके छ । उत्कृष्ट पाँचमा परेकाहरुलाई एक काकर्यक्रमबीच प्रमाणपत्र प्रदान गरिएको ।

manoj
नोमिनेशनमा फिल्म क्षेत्रका चलेका नाम र अनुहार पनि परेका छन् । उत्कृष्ट अभिनेता विधामा पछिल्लोपटक चर्चामा रहेका अभिनेता अनुपबिक्रम शाही, ‘नाई नभन्नु ल–४’ मार्फत डेब्यू अभिनेता पल शाह, श्याम अर्याल, यशराज गराच र सौरमराज तुलाधर मनोनयनमा छन् ।

music
त्यस्तै, अभिनेत्रीतर्फ केकी अधिकारी, पूजा शर्मा, माला लिम्बू, बर्षा राउत र मेनका प्रधान उत्कृष्ट पाँचको प्रतिस्पर्धामा परेका छन् । यस सुिच हेर्दा दुवै बिधामा कलाकारको राम्रो स्पर्धा देखिन्छ । अवार्ड विभिन्न १८ विधाका प्रदान गरिने संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले बताए ।
आयोजकको तर्फबाट यसअघि फिल्म सम्बन्धि अवार्ड नेपाल र विदेशमा सफलताका साथ सम्पन्न गरिसकेका संगिक्षा फिल्मस्ले संगीत सर्जकलाई प्रत्साहनका लागि अवार्ड आयोजना गर्न लागेको जनाएको छ ।
अवार्ड कहिले आयोजना हुन्छ भन्ने जानकारी नदिएतापनि अध्यक्ष मनोजले विदेशमा कुरा भइरहेको बताए । कार्यक्रममा म्यूजिक भिडियो मोडल, निर्देशक, छायांकारदेखि विभिन्न विधाका कलाकर्मी उपस्थित थिए ।

Comments