शिरबन्दीमा यस्तो देखिइन् मिलन (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १७ बैशाख शुक्रबार
no img

milan amatya

काठमाडौं । सुरिलो स्वरकी धनीमात्र छैनन् गायिका मिलन अमात्य । उनी नृत्यमा पनि उत्तिकै पारंगत छिन् । यो कुरा उनैले एउटा गीतमा छमछमी कम्मर मर्काएर पुष्टि गरेकी हुन् । ‘विश्व सुन्दरीझैं भाकी छु’ बोलको आफ्नै गीतमा मिलनले यस्तो नृत्य गरेकी छन्, जुन हेरे लाग्छ उनी एक कुसल नृत्यांगना पनि हुन् । गीतको बोलझै उनी सुन्दरी पनि देखेकी छन् । पहिलोपटक लिम्बू संस्कृति झल्काउँने पहिरनमा नृत्य गरेर नयाँ रुपमा आएकी मिलनको अब नृत्य प्रशंसक पनि बढ्नेछन् भन्ने लाग्छ ।
ढाका पहिरन र शिरबन्दी लगाएर मिलनले कम्मर मर्काएको गीत गोपी दाहालको ‘उज्यालो’ एल्बममा समावेश छ । राजनराज शिवाकोटीको संगीत रहेको यस गीतको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । हरी हुमागाईंको छायांकन रहेको यस भिडियोको निर्देशन बिशाल भण्डारीले गरेका हुन् ।

Comments