इलाम घुम्न आग्रह गर्दै मिलन र गीता (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १३ बैशाख सोमबार
no img

काठमाडौं । इलाम प्राकृतिक रुपमै सुन्दर छ । इलामको सुन्दरताले सबैलाई लोभ्याउँछ । इलाम पुगेर इलामको सुन्दरतामा नरम्ने सायदै होलान् । त्यही सुन्दर इलामको व्याख्या हरेक कोणबाट हुने गरेको छ । झापाका बालकेसर तामाङले पनि इलामको सुन्दरतालाई शब्दमार्फत बयान गर्ने प्रयत्न गरेका छन् । जुन प्रयत्नले गीतको रुप लियो । गीतमार्फत तामाङले ‘जाउँ घुम्न हे संगी इलाम बजार’ भनेर सबैलाई शब्दमाफर्त इलाम घुम्न आह्वान गरेका छन् ।

Ilam Bazar

अहिलेकी चर्चित गायिका मिलन अमात्यको सुमधुर स्वरमा रेकर्ड गरिएको ‘अन्तुबाट झुल्क्यो घाम कञ्चाजंगा झलल…’ बोलको गीतको म्यूजिक भिडियो खर्भरै रिलिज गरिएको छ । इलाम जिल्लाको पर्यटकी क्षेत्र र त्यहाँका विभिन्न स्थानहरुको ब्याख्या गरिएको गीत इलामको पर्यटकीय क्षेत्र कन्याममा छायांकन गरिएको हो । गीतमा नजिकबाट सुर्योदय हेर्ने थलो श्रीअन्तु, पर्यटकीय क्षेत्र सन्दकपुर, दोबाटे लगायतको क्षेत्रको व्याख्या गरिएको छ ।

युवा निर्देशक लोकेन साँवा लिम्बूको निर्देशनमा बनेको म्यूजिक भिडियोमा गीता राई, मिलन लिम्बू र सञ्जिता संयोक्पाको अभिनय रहेको छ । दिनेश लिम्बुले कोरियोग्राफी गरेको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतकार तामाङको एकल रचना र अशोक लोहोरुङ राईको एकल संगीतमा गत बर्ष अनौठो यात्रा नामक गीत एल्बम बजारमा आइसकेको छ ।

Comments