‘मिस एलएलसी नेपाल’ को पहिलो अडिसन
screennepal
प्रकाशित: २०७३, १२ बैशाख आईतवार
no img

काठमाडौं । एसएलसी दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको ‘मिस एसएलसी नेपाल–२०१६’ को पहिलो अडिसन आइतबार राजधानीमा सम्पन्न भएको छ ।

miss slc
दी फेसन प्लसको आयोजनामा हुन लागेको यस प्रतियोगितामा आवश्यकभन्दा भन्डै चार गुणबढी विद्यार्थीको सहभागिता रहेको थियो । ४० जना आवश्यक संख्याका लागि खुलेको आवेदनमा लगभग दुई सयबढीको अडिसनमा सहभागिता रहेको आयोजकले जनाएको छ । अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, पत्रकार मनोज श्रेष्ठ, शैक्षिक क्षेत्रबाट रामहरी सिलवाल, नबिन श्रेष्ठ, तेन्डुप शेर्पा, गायक निर्णय श्रेष्ठलगायतका थिए ।
अडिसनबाट छनोट भएकालाई जेठ १ गतेदेखि विभिन्न खाले प्रशिक्षण दिइनेछ । अबको अडिसन चितवन, पोखरा, झापा, धरान, दाङ, सुर्खेत, वीरगन्जमा हुने बताइएको छ । फाइनल प्रतियोगिता जेठ अन्तिम साता काठमाडौंमा हुने सिइओ हुकुमराज लुइँटेलले बताए ।

‘मिस एसएलसी कन्टेस्ट’  मा २० स्पर्धी

त्यस्तै, एसएलसी दिएर बसेका किशोरीलाई नै लक्षित गरेर ट्रिक मिडियाले पनि ‘मिस एसएलसी कन्टेस्ट–२०१६’ आयोजना गर्दैछ । यस प्रतियोगितातमा २० जना किशोरीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार सम्पन्न दोस्रो तथा अघिल्लो सातासम्पन्न पहिलो चरणको अडिसनपछि निर्णायक चरणका लागि २० जना प्रतिस्पर्धी छनोट भएका हुन् ।

Miss SLC Contest
आयोजक संस्थाका अध्यक्ष नहकुल खड्काका अनुसार प्रतियोगितालाई टेक्सास कलेजले प्रायोजन गर्न लागेको छ । क्रियटिभ ईन्साईट मिडियाले अध्यक्ष सुर्य चन्दको नेतृत्वमा यस अगाडि पनि संयुक्त अपांग आवाज केन्द्रका अनाथ बालबालिकाका लागि सहयोग संकलन कार्यक्रम गर्दै आएको थियो भने ट्रिक मिडियाले यसअघि प्रतियोगिवाट शुल्क नै नलिइ ‘मिस युथ नेपाल–२०१५’ शीर्षकको प्रतियोगिता आयोजना गरेको थियो ।

Comments