संस्कृति सुन्दरी बन्न २८ युवतीको प्रतिस्पर्धा
screennepal
प्रकाशित: २०७३, १२ बैशाख आईतवार
no img

काठमाडौ । यतिबेला राजधानीमा विभिन्न समुदायका २८ जना युवती आ–आफ्नो कला, संस्कृति र भेषभूषा प्रदर्शन गर्न प्रशिक्षणरत छन् । जो उनीहरु ‘दोस्रो मिस नेपाल कल्चर–२०१६’को ताज जित्न लालायित छन् ।
प्रारम्भिक चरणको चयनबाट उनीहरु प्रतियोगितामा चयन भएका हुन् । जसमा लक्ष्मी राई, सागरिका भण्डारी, सोना शेर्पा, नविना देसार, सृदिक्षा घिमिरे, सञ्जना तिमिल्सिना, सुजाना थापा, सबिना बुढाथोकी, रिया पोखरेल, अमिता कार्की, परिसी कारँजित, सुप्रभा कुँवर, श्वेता मिश्रा, मोनिका मलाला र उरुशा जोशी छन् ।

miss nepal caltural
यस्तै, सोनाली हमाल, केनु प्रसाई, बाला नेपाली, रोजमेरी रिसाल, प्रिती घिमिरे, सुप्रिया श्रेष्ठ, रोशनी आचार्य, समीक्षा भण्डारी, विसाखा अग्रवाल, सिर्जना कार्की, रुबी बज्राचार्य, सिर्जना गुरुङ, सुदीक्षा लामा पनि अन्तिम प्रतिस्पर्धाका लागि प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरिरहेका छन् । प्रशिक्षण हाल नाचघरमा चलिरहेको छ ।

युहान इन्टरनेशलन ईभेन्टस् प्रालिको आयोजना तथा सांस्कृतिक संस्थान (नाचघर)को सह–आयोजना र बिलक्षण क्रियसनको व्यबस्थापनमा यो प्रतियोगिता हुँदैछ ।
प्रतियोगीलाई शनिबार काठमाडौं मलस्थित फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले सौन्दर्यताबारे ‘हेयर स्टाईल’, मेकअपजस्ता विभिन्न विषयमा प्रशिक्षण दिइन् । उनीहरुलाई त्यसपछि नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले कार्यक्रममा सम्बोधन गर्ने, प्रस्तुत हुनेलगायतका विभिन्न प्रशिक्षण दिए ।
सह–आयोजक संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नेपालका विभिन्न संस्कृति र सांस्कृतिक संस्थानको उद्देश्य एवं कार्यबारे प्रतियोगीलाई प्रशिक्षण दिँदै आएका छन् । उनले पश्चिमा संस्कृतिको अतिक्रमणमा परेका नयाँ पुस्तालाई नेपाली कला संस्कृतिको बारेमा जानकारी गराउँदै उनीहरुलाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्न यो प्रतियोगिता फलदायी हुने बताए ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक सानु खानले नेपालको विविध कला संस्कृति बारे जानकारी गराउँदै प्रतियोगीको व्यक्तित्वविकास सँगै प्रतिभा प्रस्तुति र कला संस्कृतिको संरक्षणमा प्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
आगामी २० बैशाखमा राजधानीको सांस्कृतिक सँस्थान नाचघरमा हुने यो प्रतियोगिताको बिजेताले सो संस्थानको सदभाव दुत बन्नुका साथै विभिन्न उपहार प्राप्त गर्ने छिन् ।

Comments