स्कुल प्रिन्सेस प्रतियोगीले देखाए आ–आफ्नो कला (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ११ बैशाख शनिबार
no img

school

काठमाडौं । ‘स्कुल प्रिन्सेस नेपाल–२०१६’ का प्रतियोगीले आ–आफ्नो प्रतिभा कौसल देखाएका छन् । राजधानीका शनिबार आयोजित ‘ट्यालेन्ट शो’मा अधिकांश प्रतियोगीले नृत्य गरेका थिए । आर.के. इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित यस प्रतियोगितामा १९ प्रतियोगी छन् । उनीहरु अन्तिम स्पर्धाका लागि करिब एक महिनायता विभिन्न व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण गरिरहेका छन् । यसैक्रममा उनीहरुले आफूमा लुकेको प्रतिभा प्रस्फुटन गरेका हुन् ।

school 2
उपकार चियाको प्रबन्ध निर्देशक निरज मालकार र प्राण कम्पनीको सिईओ अमोल श्रेष्ठको आतिथ्यमा आयोजित ‘ट्यालेन्ट राउण्ड’ मा दीपेन्द्र शाही ठकुरी, गीतकार भरत बम्जम, राजु हमाललगायत निर्णायक थिए ।
शैक्षिक प्याकेजको इभेन्टका रुपमा लिइएको ‘स्कुल प्रिन्सेस नेपाल’ मा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राले सहभागी जनाएका छन् । स्कुल लेवलका छात्राको बौद्धिकता एवं प्रतिभा र व्यक्तित्व मापन गर्ने उद्देश्यले आयोजित ‘स्कुल प्रिन्सेस नेपाल’को यो तेस्रो संस्करण हो । यो प्रतियोगिता नेपालको पहिलो शैक्षिक कार्यक्रम भएको समेत आयोजकको दावी छ ।

school1
कार्यक्रममा उपत्यकामा रहेका विभिन्न विद्यालयलाई समेट्ने प्रयत्न गरिएको आर.के. इन्टरटेन्मेन्ट गु्रपका अध्यक्ष राम केसीले बताए । प्रतियोगिताको अन्तिम स्पर्धा यही बैशाख २१ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले जनाएको छ ।

https://www.youtube.com/watch?v=Cu4HWbcSK_A

Comments