सोल्टिनीज्यू आउनु है सम्झेर हाटैमा…
screennepal
प्रकाशित: २०७३, १० बैशाख शुक्रबार
no img

सुक तुम्रोक/काठमाडौं ।

सोल्टिनीज्यू आउनु है सम्झेर हाटैमा धानै नाचौला
सोल्टिज्यू आउनु है सम्झेर हाटैमा धानै नाचौला…
यो गीतले पुर्वेली लिम्बु गाउँबस्तीको झझल्को दिन्छ । जहाँ मेला बजारमा सोल्टि–सोल्टिनीसँग भेटघाट गरेर धान नाच्ने पालाममार्फत माया प्रेमका भावना व्यक्त गर्ने गर्दछन् । यस्तै, भावनाहरु समेटेर खगेन्द्र पन्धाकको लय र शब्द संकलनमा दुईवटा म्युजिक भिडियो तयार गरिएको छ ।

ssss (1)
लिम्बू परम्पराका शालीनता र विशिष्टतालाई जोगाउने म्यूजिक यस भिडियोमा गायक कुशल थलङ संगीता लुम्फङ्वा लिम्बूले अभिनय गरेका छन् भने उदय लिम्बू, सुम्निमा बान्तवा राई र यसोदा याखाले पनि साथ दिएका छन् । लुङ्वा त गाँठेमा गीतमा कुशल थलङ्सँग नवकलाकार समिक्षा तुम्बापो लिम्बू पनि छिन् । केही दिनभित्र देश–विदेशमा एकैसाथ सार्वजनिक हुने दुवै भिडियोको निर्देशन र सिनेम्याटोग्राफी खगेन्द्र पन्धाक लिम्बूले गरेका छन् । सुबास राईको निर्माण नियन्त्रण र प्रस्तुति रहेको दुवै गीतको संकलन तथा शब्दसंगीत लामो समयदेखि थाइल्याण्डमा बस्दै आएका खगेन्द्रकै रहेको छ । सोल्टिनीज्युमा मञ्जु लावती, देशु सुहाङ, लक्ष्मण लिम्बु र कृष्णभक्त राईको स्वर रहेको छ । लुङ्वा त गाँठेमा नेत्र राई र देशु सुहाङको स्वर छ । यस गीतको छायांकन ललितपुरको नक्खीपोट र ढोलाहिटीमा गरिएको छ । मोडलहरु तेह्रथुमे ढाका कलेक्सन नखिपोटको भेषभूषामा देखिनेछन् ।

ssss (2)

Comments