‘मिस नेवा आईकन’ पनि हुने
screennepal
प्रकाशित: २०७३, १० बैशाख शुक्रबार
no img

काठमाडौं । नेवार समुदायको युवतीलाई लक्षित गरी अर्को पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ । नेवार समुदायको कला, संस्कृति, धर्म, भाषा, साहित्यलगायत विविध पक्षलाई समेट्ने गरी ‘मिस नेवा आईकन–२०१६’ हुन लागेको हो । यो प्रतियोगिता पहिलोपटक रेक्स फेसन होमले गर्न लागेको हो । रेक्सले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा सहभागीका लागि आवेदन खुला गरिएको समेत जानकारी गराइएको थियो ।

miss
यसअघि नेवार समुदाय लक्षित ‘मिस नेवाः’लगायतका कल्चरल शोहरु हुँदै आएको छ । ‘मिस नेवा आईकन’ पनि ती प्रतियोगिताहरु भन्दा खाशै फरक छैन । ‘मिस आईकन’ आयोजना गर्नुको मुख्य उद्देश्य पनि नेवार समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा भाषा र साहित्यमा दक्ष बनाउनु नै हो ।
यस प्रतियोगितामा सहभागीका हुनका लागि नेवार सुमदयकै युवती हुनुपर्ने छ भने उमेरको हकमा १६ देखि २४ वर्षसम्मको प्रावधान रहेको आयोजकले जनाएको छ । र, सहभागी हुने युवती कम्तिमा ५ फिटको हुनुपर्नेछ । जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा हुने यस प्रतियोगिताको अन्तिम फाइनल ११ असारमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक संस्थाका अध्यक्ष खगेश्वर रञ्जितकारले बताए ।

Comments