समिर र श्रेयसीको ‘…माया जुनी जुनीलाई’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, १० बैशाख शुक्रबार
no img
samir singak

Samir Singak< Singer

काठमाडौं । गायक समिर सिंगक र श्रेयसी चेम्जोङको स्वर रहेको ‘हाम्रो माया जुनी जुनीलाई…’ बोलको आधुनिक गीतको म्युजिक भिडियो यु–ट्युबमार्फत सार्वजनिक भएको छ । अभिचन्द्र इङ्नामको शब्द तथा धनु ग्याङ्मीको संगीत रहेको यस गीतको भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् । बुद्ध थापा मगरको छायांकन र निशान घिमिरेको सम्पादन रहेको यस भिडियोमा दिलिप र अमिशाले अभिनय गरेका छन् । यस गीतको अडियो÷भिडियो पर्फमिङ आर्ट क्रियशनले बजारमा ल्याएको हो । समिरले चाँडै नै आफ्नो गीतहरुको कलेक्शन डिभिडी एल्बम ल्याउने भएका छन् । डिभिडीमा ६ वटा गीत रहनेछन् ।

Comments