अल नेपालको एकसाथ तीन प्रतियोगिता
screennepal
प्रकाशित: २०७३, १० बैशाख शुक्रबार
no img

काठमाडौं । राजधानीमा एकैसाथ बालबालिका र किशोर–किशोरीबिचको प्रतिभामूलक तथा सौन्दर्य प्रतियोगिता ‘लिटिल आईकन नेपाल–२०१६’ आयोजना गरिएको छ ।

Little Icon Nepal-4
अल नेपाल पब्लिकेशनद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा बालकतर्पm संजम श्रेष्ठ विजेताका साथमा मिस्टर ह्याण्डसम भएका छन् भने दिप्शन खड्का फस्ट रनरअपका साथ मोस्ट डिसिपेन्ड, बेष्ट पर्सनालिटी र मोस्ट फोटाजेनिक तथा सागर लामा सेकेन्ड रनरअपका साथ मिस्टर ट्यालेण्ट र मष्ट पपुलर भएका छन् । बालकहरुको यो प्रतियोगितामा अभिनव चापागाइँ मिस्टर क्याटवाक, नरेन महर्जन बेष्ट हेयर र साश्वत रिमाल बेस्ट स्किन भए ।
त्यसैगरी बालिकातर्पm स्पर्धामा सृष्मा चापागाईँ विजेताका साथमा मिस ब्युटिफुल र मोस्ट फोटोजेनिक, एना लामा फस्ट रनरअपका साथमा मिस क्याटवाक र बेष्ट स्किन, आश्रिती श्रेष्ठ सेकन्ड रनरअपका साथमा मेनेजमेन्ट च्वाईस अवार्ड, सुप्रिया अधिकारी थर्ड रनरअपका साथमा मष्ट व्युटिफुल आइज तथा प्रमिला तामाङ फोर्थ रनर्सअपका साथ बेष्ट हेयरको विजेता भए ।

Little Icon Nepal-6
त्यस्तै, ऋतु गुरुङ मोस्ट पपुलर, नेचर दाहाल मिस ट्यालेण्ट, उषा भण्डारी बेष्ट पर्सनालिटी, अकि प्रजापती मष्ट चार्मीङ, सामना रिमाल बेष्ट स्पिच, अनिशा गुरुङ बेष्ट फिटनेस, शिलिका महर्जन मोस्ट फ्रेन्डली, डिना श्रेष्ठ मोस्ट कन्जेनीयिलिटी, रुजु ढकाल मोस्ट डिसिप्लेन्ड, पलिस्था महर्जन बेष्ट फिजिक, कृषा बस्नेत फेसन आईकन अवार्ड, खुसी गुरुङ मोस्ट एक्टिभ, इशा पुर्जामगर मोस्ट कन्फिडेन्ट र डिना श्रेष्ठ मेनेजमेन्ट च्वाईस अवार्डको विजेता घोषित भएका छन् ।
किशोर–किशोरीबिचको प्रतिस्पर्धामा सञ्जीव महर्जन विजेताका साथमा मिस्टर हेन्डसम, मिस्टर ट्यालेन्ट र मस्ट फोटोजेनिक, रबिन क्षेत्री फष्ट रनर्सअपका साथ मिस्टर क्याटवाक र बेष्ट सिङगर चुनिए। यो प्रतियोगिताको किशोरीतर्पmको स्पर्धामा बिसुम तामाङ्ग विजेताका साथमा मष्ट पपुलर, भरोसा भट्टराई फष्ट रनर्सअपका साथ मष्ट फोटाजेनिक, युना आर्याल सेकेन्ड रनर्सअपका साथ बेष्ट स्कीन, तमन्ना केसी थर्ड रनर्सअपका साथ मिस ट्यालेन्ट
श्रेया तामाङ फोर्थ रनर्सअपका साथमा मिस क्याटवाक भएका छन्। किशोरीहरुतर्पm नै श्रद्धा चेम्जोङ बेष्ट हेयर, कृतिका कर्मचार्य बेष्ट पर्सनालिटी र मिस ब्युटीफुल, लक्ष्मी घले मष्ट चार्मीङ, सायरा तामाङ बेष्ट फिट्नेस, मेलिना मोक्तान मष्ट फ्रेन्डली र सबिया कटुवाल मिस कनजेनीयालिटी चुनिएका छन्।
कोरियोग्राफर अश्वीनी झाको कोरियोग्राफीमा सम्पन्न यी प्रतियोगिताको निर्णायकमा मोडल तथा अभिनेत्री क्षितिजा शाक्य, मोडल रश्मी तामाङ, प्याब्सनकी उपाध्यक्ष दीपिका रिमाल थापा, सञ्चारकर्मीद्धय सुमितजंग राणा र सरोज प्याकुरेल थिए ।

Comments