‘प्रभात’को एउटा गीत ‘तिम्रो आफ्नै मान्छे हुँ…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ९ बैशाख बिहीबार
no img

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको स्वरबद्ध गीत तथा म्युजिक भिडियोहरु दिनदिनै सार्र्वजनिक भइरहेका हुन्छन् । आफूले गाएका गीत कुन समय र कतिखेर रिलिज भइरहेका हुन्छ, त्यो अञ्जुलाई थाहै हुँदैन किनकि, कुनै पनि संगीतकार तथा गीतकार गायिका अञ्जुको स्वरमा गीत रेकर्ड गर्न चाहिरहेका हुन्छन् । तर, यसरी आएका गीतहरु प्रायः एउटै किसिमका हुन्छन्, किनकि, अञ्जुलाई मिलन र रोमान्सभन्दा विछोड सेन्टिमेन्ट गीत सुहाउँछ भन्ने एक किसिमको मानसिकता नै बनिसकेको छ ।

pralhad
यस्तै, पछिल्लो समय अञ्जु पन्तको एउटा गीतको भिडियो रिलिज भएको छ । गीतको बोल रहेको छ, ‘तिम्रो आफ्नै मान्छे हुँ म’ । गीतको बोल सुन्दा यो गीत पनि ‘अञ्जुशैली’ छ कि भन्ने लाग्छ । तर, यस गीतलाई उनले केही फरकशैलीमा गाएका छन् । यस गीतको संगीतकार हुन्, प्रल्हाद बोगटी । उनले अञ्जुका लागि तयार गरेको भए पनि यो गीतमा केही फरकपन पाइन्छ ।
यो गीत संगीतकार प्रल्हालको ‘प्रभात’ नामक एल्बम हो । जसमा उनको एकल संगीत रहेको छ । केही साताअघि मात्र रिलिज भएको यस एल्बममा प्रभात सुबेदीको एकल शब्दरचना रहेको छ । एल्बम ‘प्रभात’ मा ६ वटा गीत छन् । कोहीको फल्ने, एक्लै जिउने, तिम्रो आफ्नै मान्छे हुँ म, जीन्दगीको छाहारी र जसको लक्ष्यजस्ता गीत एल्बममा छन् ।
ती गीतमा राजेशपायल राई, अञ्जु पन्त, दीपक लिम्बू, दुर्गा परियार, युवराज चौलागाइँ र प्रमोद खरेलको स्वर सुन्न सकिन्छ । जसमध्ये अञ्जु र दीपकको स्वर रहेको ‘तिम्रो आफ्नै मान्छे हुँ म’ र ‘जीन्दगीको…’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याएको छ । यी दुवै म्युजिक भिडियोको निर्देशन पत्रकार सुव्रत आचार्यले गरेका हुन् । तीमध्ये यहाँ ‘तिम्रो आफ्नै मान्छे हुँ म’ गीतको भिडियो प्रस्तुत गरेका छौं । यस भिडियोमा अभिनेत्री नीता ढुंगाना र निराजन प्रधानले अभिनय गरेका छन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments