‘कठै माया…’ गाउँदा यस्तो देखिइन् श्रेयसी (भिडियो रिर्पोट)
screennepal
प्रकाशित: २०७३, ८ बैशाख बुधबार
no img

काठमाडौं । गायिका श्रेयसी चेम्जोङ पछिल्लो समय निकै व्यस्त छिन् । आधुनिकमात्र नभएर पाश्र्वगायनमा समेत जम्दै गएकी श्रेयसीले छोटो समयमै सयौं गीत गाइसकेकी छन् । फर्साइली अनि मिठो स्वरकै कारण श्रेयसी पछिल्लो समय संगीतकारहरुको नजरमा पर्न सफल भएकी छन् ।
‘कठै माया अमृत भन्थे पाउँदा उनको साथ’ । यो गीत रेकर्डिङको क्रममा श्रेयसी एक स्टुडियोमा भेटिइन् । उनी गीतलाई सुमधुर बनाउन आफ्नो गला रेटिरहेकी थिइन् ।

shreyasi chemjong

यस गीतको संगीतकार राजशुक्र लिम्बू हुन् । यो गीत रेकर्डिङ गर्नुअघि राजशुक्रले श्रेयसीलाई निकै अभ्यास गराएका थिए । त्यस्तै, रेकर्डिङका क्रममा संगीतकार र गायिका दुवैले मिहिनेत गरे । गीतलाई स्तरिय बनाउन मिहिनेत गरेको गायकसमेत रहेका संगीतकार लिम्बूले बताए । उनले अरु गीतमा भन्दा यसमा धेरैपटक टेक लिएको सुनाए ।
यस गीतको रचनाकार हुन् पूर्ण लिम्बू फियाक । जो, वैदेसिक रोजगारीको सिलसिलामा कतारमा छन् । यो फियाकको पहिलो एल्बमका लागि रेकर्डिङ गराएको बताइएको छ ।
सानैदेखि गीतसंगीतप्रति रुचि भएकाले पनि फियाकले विदेशमा रहेरपनि रहर मेटाउन एल्बमको तयारीमा जुटेका हुन् । हुन त पछिल्लो केही वषर््ायता विदेशी माटोमा रहेर पनि नेपली गीतसंगीतलाई माया गर्नेहरु बढिरहेका छन् । विभिन्न काम–पेसाले नेपालीहरु विभिन्न मुलुकमा पुगेका छन् । उनीहरुले आ–आफ्नो स्थानबाट गीतसंगीत र नेपाली भाषा साहित्यप्रति माया दसाउँदै आएका छन् ।
यस्तै एक उदारहण हुन् गीतकार फियाक । गीतकार फियाको यो गीति सिर्जना निकै राम्रो बनेको छ । यसमा गायिका श्रेयसीसँगै संगीकार राजशुक्रको पनि मिहिनेत र लगाव उत्तिकै रहेको छ । विशेगरी यो गीत तयार हुनमा संगीतकार राजशुक्र कोषेढंगा सावित भएका छन् ।

https://www.youtube.com/watch?v=f36YdwDpwPo

Comments