‘मिस्टर ग्लोबल’मा भिड्न दिक्पाल तयार
screennepal
प्रकाशित: २०७३, ८ बैशाख बुधबार
no img

काठमाडौं । मोडल तथा अभिनेता दिक्पाल कार्कीले ‘मिस्टर ग्लोबल–२०१६’ का लागि आफूलाई शारीरिक रुपमा तयारी पूरा गरेको बताएका छन् । दिक्पाल अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल’ मा प्रतिस्पर्धीका रुपमा सहभागी हुँदैछन् । जसका लागि मानसिक तथा शारीरिक रुपमा तयारी पूरा गरेका हुन् । पहिलोपटक नेपालले प्रतिनिधित्व गर्न लागेको यस प्रतियोगिता थाइल्याण्डमा हुँदैछ । प्रतियोगितामा सहभागी हुन दिक्पाल एक सातापछि अर्थात आउँदो बुधबार त्यसतर्फ जाँदैछन् ।

dikpal karki, screennepal
-याम्प तथा भिडियो मोडलिङ र चलचित्र अभिनयमार्फत चर्चामा आइरहेका दिक्पाल ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अनुसार ‘म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१२’ को फस्ट रनरअपको हैसियतले यो प्रतियोगितामा सहभागी हुन लागेका हुन् ।
‘मिस्टर काठमाडौं–२००९’ मा बिजेता बनेपछि मोडलिङलाई करिअर बनाउँदै आएका २५ बर्षीय दिक्पाल भन्छन्, ‘यस अन्तर्राष्ट्रिय प्रतियोेगिताका लागि दुई महिनादेखि तयारी गर्दै आएको छु । ६ फिट उचाईका दिक्पालले ‘मिस्टर ग्लोबल–२०१६’ मा थाइल्यान्ड, अमेरिका, कोरिया, चीन, अजेन्टिना, ब्राजिल, क्यानाडा, इण्डियालगायत ४० देशका प्रतियोगीसँग स्पर्धा गनैछन् । यो प्रतियोगिता थाइल्यान्डको चैगमैमा २७ अप्रिलदेखि मे ८ सम्म हुने छ ।

Comments