भक्सवागनको रोजाइमा अभिनेत्री आँचल
screennepal
प्रकाशित: २०७३, ७ बैशाख मंगलवार
no img

काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल–४’ को सफलतासँगै सो चलचित्रबाट अभियनमा आएकी आँचल शर्मा दवाडीलाई मोडलिङमा भ्याइननभ्याई छ । गत वर्ष युहान इन्टरनेशलद्धारा आयोजित ‘मिस प्लस टु नेपाल—२०१५’ को उपाधि जितेपछि उनी यो चलचित्रमा चयन भएकी थिइन् । ‘नाई नभन्नु ल–४ को सफलतासँगै आफुलाई अन्य चलचित्रमा पनि अभिनयको प्रस्ताव आएको उनले बताइन् । त्यसो त उनको मोडलिङमा कर्पोरेटको हेराई पनि फरक भएको छ । यसैबीच यी अभिनेत्री विश्वप्रसिद्ध मोटर कम्पनी भक्सवागनको रोजाइमा परेकी छन् ।

Vento, screennepal
भक्स वागनले आगामी २४ र २५ बैशाखमा भक्सवागनका र्निभल गर्दैछ । सो कार्निभलको लागि न्यु फेशबाट अभिनेत्री आँचललाई भक्स वानगले चयन गरेको छ । भारतका प्रसिद्ध जादुगर कृष्ण भण्डारीसमेत सहभागी हुने सो कार्निभलमा विभिन्न कार्यक्रम हुनेछ । आफुलाई भक्स वागनको भेन्टो कार साह्रै मन परेको र सोही कम्पनीको न्यु फेस मोडलको रुपमा चयन हुन पाएकोमा खुसी लागेको यी अभिनेत्रीले बताइन् । भक्स वागनको कार्निभलमा आफुलाई दिइने जिम्मेवारीलाई सफल पार्ने पनि यी अभिनेत्रीले बताइन् ।

Comments