६ वर्षपछि प्राश्ना (लामो बाटो… भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ७ बैशाख मंगलवार
no img

काठमाडौं । एक समय नेपाली गायन क्षेत्रमा चर्चित नाम हो प्राश्ना शाक्य । ‘आवाज देउ…’ जस्ता सुपर हिट गीत गाएर चर्चामा आएकी यिनै गायिका करिब ६  वर्षको ‘ब्रेक’पछि ‘प्राश्ना’ लिएर आएकी छन् । आफ्नो चौथो एल्बमका रुपमा प्राश्नाले श्रोतामाझ ‘प्राश्ना’ लिएर आएकी हुन, जुन एल्बमको सोमबार राजधानीमा बरिष्ठ गायक दीप श्रेष्ठलगायतले सार्बजनिक गरे ।

prashnaaaa

‘प्राश्ना’ मा ५ वटा गीत छन्, जसमा नरेश भट्टराई, सरिता तन्डुकार र नीलम आङ्बुहाङ राईको शब्द रहेको छ । सुनिल मास्के, फुर्वा शेर्पा, सचिन सिंह, हरि लम्साल र प्रविन बराईलीको संगीत रहेको यस एल्बमका दुई गीतको भिडियो कार्यक्रममा देखाइएको थियो । सुमित खड्काको निर्देशनमा अमेरिकामा सुटिङ गरिएको ‘लामो बाटो…’ यस गीतको भिडियोलाई यु–ट्युबमा सार्बजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=Nrqo-2kmaDk

Comments