रुकमानको हाक्पारेमा यस्तो देखिए हेमराज र निशा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ६ बैशाख सोमबार
no img

rukman limbu, screennepal (1)

काठमाडौं । गायक रुकमान लिम्बूको पुर्वेली हाक्पारे गीत यु–ट्युबमा सार्वजनिक भएको छ । विभिन्न टेलिभिजन च्यानलहरुबाट सार्वजनिकपछि रुकमानले ‘हाक्पारे पालम ख्याली’ गीतको भिडियोलाई यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् । केही दिनअघि मात्र यस गीतबारे राजधानीमा एक भव्य समारोह गरेर जानकारी गराएको थियो ।

terhathume dhaka, screennepal (8)
रुबुशा क्रियटिभ वर्कस्ले सार्वजनिक गरेको यस गीतको शब्दरचना याङ्जोम शेर्पाले गरेकी हुन् । सञ्चाकर्मी तथा समाजसेवीका रुपमा क्रियाशील याङ्जोम यसै गीतमार्फत गीतकार बनेकी छन् । यस गीतको संगीत गायक उत्तमजङ लिम्बूले गरेका हुन् ।
लिम्बू कला, संस्कृति झल्काउँने ‘हाक्पारे पालम ख्याली’ गीतको भिडियोमा हेमराज अन्छोङ्बु र निशा पोमूले अभिनय गरेका छन् । भिडियोमा मोडल हेमराज र निशा लिम्बू संस्कृति झल्काउँने ढाका पहिरनमा देखिएका छन् । यसका लागि पहिरन तेह्रथुमे ढाका पसल मिलनचोक ललितपुरले उपलब्ध गराएको थियो । यस गीतको भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् ।

Comments