श्रोतालाई दिनाको ‘दिना’
screennepal
प्रकाशित: २०७३, ६ बैशाख सोमबार
no img

काठमाडौं । नेपाली सुगम संगीतको क्षेत्रमा गायिका दिना श्रेष्ठको उदय भएको छ । करिब एक दशकको सांगीतिक यात्राको अनुभव सँगाली सकेकी दिना पहिलो गीति एल्बम ‘दिना’मार्फत श्रोतामाझ आएकी छन् । गायिका दिनाको एकल स्वर समेटिएको ‘दिना’ राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा एक समारोहबीच लोकार्पण गरिएको छ ।

dina4
बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न लोकार्पण कार्यक्रममा उद्योगी, व्यवसायी, कलाकार र पत्रकारको बाक्लो उपस्थिति थियो । एल्बम ‘दिना’मा ६ वटा गीत संग्रहित छन् । ६ वटै गीतका रचनाकार बी.आर. रत्न हुन् भने रिमेश कुमार र डम्बर ढकालको संगीत रहेको छ । लामो साँघुमाथि तौथली शहर…., आकाशैमाथि सरर…., किन दुखि बन्छौं…, साथीसंगी भन्छन…., बोलका गीत एल्बममा छन् । ‘धेरै समय लगायर एल्बम श्रोतामाझ ल्याउन सफल भएकी छु’ उनले भनिन्, ‘यसले मेरो सांगीतिक यात्रामा कासेढुङ्गा सावित गर्नेछ भन्नेमा आशा गरेकी छु ।

Comments