पाँचौं म्यूजिक अवार्डलाई आवेदन खुला
screennepal
प्रकाशित: २०७३, ६ बैशाख सोमबार
no img

काठमाडौं । ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०७३’ का लागि आवेदन खुला गरिएको छ । पाँच वर्षदेखि निरन्तर हुँदै आएको यस अवार्डको पाँचौं श्रृंखलाका लागि गीतसंगीतलाई सहभागीका लागि आवेदन खुला गरिएको हो ।

musickhabar music award 2073
म्यूजिक खबर डटकमद्वारा आयोजित यस अवार्डमा गीतसंगीतका स्रष्टा र सिर्जनाहरु सहभागीका लागि अनुरोध समेत गरिएको छ । आधुनिक, लोक, पप, राष्ट्रिय भावको गीत, चलचित्रको गीतजस्ता विविध ३१ विधामा हुने यस अवार्डमा २०७२ बैशाखदेखि चैत मसान्तसम्म बजारमा आएका गीतसंगीतले आवेदन दिन पाउनेछन् । अवार्ड आगामी असारमा काठमाडौंमा भव्य कार्यक्रमबीच हुने जनाइएको छ ।
प्रत्येक वर्षझैं यस वर्ष पनि अवार्डमा बाल प्रोत्साहन सम्मान, डायस्पोरा सम्मान, म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कारबाट एक–एक जनालाई सम्मान गरिनेछ । अवार्डको इभेन्ट म्यानेजमेन्ट भने शुभकामना मिडिया सोलुशनले जिम्मा लिएको छ । आवेदन बैशाख मसान्तसम्म खुला रहने जनाइएको छ ।

Comments