रञ्जिताको जन्मदिनमा ‘तिमीले माया…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ६ बैशाख सोमबार
no img

ranjita

काठमाडौं । मोडल तथा अभिनेत्री रञ्जिता लिम्बूले आइतबार आफ्नो जन्मदिन मनाएकी छन् । रञ्जिताले आफ्नो जन्मदिनमा आफ्ना नजिकका साथीहरुलाई मात्र निम्ताएकी थिइन् । जन्मदिनकै अवसरमा उनले आफू अभिनीत एउटा म्युजिक भिडियो पनि यु–ट्युबमार्फत सार्वजनिक गरेकी छन् । गायिका मल्लिका कार्कीले गाएको ‘तिमीले माया…’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याइएको हो ।
यस गीतको भिडियोमा रञ्जितासँगै मिशम भट्टराईले मोडलिङ गरेका छन् । यो रञ्ज्जिता अभिनीत पछिल्लो म्युजिक भिडियो हो । दर्जनभन्दा बढी म्युजिक भिडियो तथा केही चलचित्रमा समेत अभिनय गरिसकेकी रञ्जिताले भनिन्, ‘यो गीतको भिडियो मेरो जन्मदिनकै अवसरमा सार्वजनिक गरेकी हुँ ।’ आलोकश्रीको संगीत रहेको यो गीत मल्लिकाको ‘द विलिभ’ नामक एल्बममा समावेश छ । यस भिडियोलाई कागी लिम्बूले निर्देशन गरेका हुन् ।

Comments