‘एडीभी सुपरस्टार नेपाल’ हुँदै
screennepal
प्रकाशित: २०७३, ५ बैशाख आईतवार
no img

काठमाडौं । देशभर लुकेर बसेका प्रतिभावान कलाकारलाई सार्वजनिक गर्न एडीभी क्रिएसन नेपालले चाँडै नै मुलुकभर ‘एडीभी सुपरस्टार नेपाल’नामक प्रतियोगितात्मक रियालिटी शो सञ्चालन गर्ने भएको छ । संस्थाले गायन, नृत्य, अभिनयलगायतका पक्षलाई समेट्दै सञ्चालन गर्न लागेको प्रतियोगिताको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले शनिवार राजधानीमा शुभारम्भ गरे ।

12
संस्थाका अध्यक्ष एलन गौतमका अनुसार रियालिटी शो असार मसान्तबाट शुरु हुनेछ । ‘हामी ७५ जिल्लाकै कलाकारको प्रतिनिधित्व गर्ने गरी क्षेत्रीय रुपमा अडिसन तथा प्रतियोगिता गरेर फाइनल चाहिँ केन्द्रमा गर्नेछौं,’उनले भने,‘आफुसँग कला भएर पनि त्यसलाई सही ठाँउमा उपयोग गर्न नसकेका प्रतिभाहरुलाई बाहिर प्रष्फुटन गराउन यो रियालिटी कार्यक्रम आयोजन ागर्न लागेका हौं ।’
एलनका अनुसार फाइनलका लागि नृत्य, गायन, अभिनय, बाल कलाकारबाट दुई–दुई जना प्रतियोगी र गीत लेखन तथा कथा लेखनबाट १–१ जना प्रतियोगी छनौट गरिनेछ । ‘हामी पौष १ गते भित्र फाइनल गर्नेछौं, जसको प्रसारण नेपाल टेलिभिजनबाट हुनेछ,’उनले थपे,‘विजेतालाई विश्वास बहुद्देश्यीय सहकारी संस्थाको तर्फबाट १ लाख रुपैयाँसहित विभिन्न उपहार प्रदान गर्नेछौं । यसबाहेक विजेताले फिल्ममा काम गर्ने मौका पनि पाउनेछन् ।’ गौतम यो सहकारीको अध्यक्ष पनि हुन् ।
कार्यक्रममा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले नयाँ प्रतिभाको खोजी संंस्थाले शुरु गरेको अभियान निकै राम्रो रहेको बताँउदै शुभकामना दिएका थिए ।

Comments