सुबिको ‘स्टाटस’ सार्वजनिक (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ३ बैशाख शुक्रबार
no img

काठमाडौं । गायक तथा संगीतकार सुबि राई गीति एल्बम ‘स्टाटस’ लिएर आएका छन् । ६ वटा गीत रहेको ‘स्टाटस’ मा शब्दरचना पनि सुबिकै रहेको छ । यस एल्बमलाई सुबिले नयाँ वर्षको अवसरमा सार्वजनिक गरेका हुन् ।

Status
‘स्टाटस’ मा समेटिएकामध्ये ‘बालै फरर…’ बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । राकेश किरातीको निर्देशन रहेको यस म्युजिक भिडियोमा भूपाल, चाँदनी र मदन राईले अभिनय गरेका छन् । भिडियोको छायांकन धरानको विभिन्न स्थानमा गरिएको छ । यस भिडियोमा छायांकन शिरकुमार साङ्पाङ र सम्पादन बुद्ध थापा मगरको रहेको छ । यस अडियो/भिडियोलाई आर.बी म्युजिक प्रोडक्शनले बजार ल्याएको हो । यु–ट्युबमा समेत यसै कम्पनीमार्फत सार्वजनिक गरिएको छ । यस कम्पनीले आफ्नो शाखा जर्मनीमा समेत सञ्चानलमा ल्याउन लागेको कम्पनीका निर्देशक अर्जुन नेपालीले बताए ।
एल्बम ‘स्टाटस’ मा बालै फरर, एकान्तमा, आँखा राम्रो, गल्ती भो म बाट, धरान आउँला कान्छी र नमस्ते नेपाल बोलका गीत रहेका छन् भने एल्बममा बालै फरर र धरान आउँला गीतको म्युजिक ट्रयाक्कसमेत राखिएको छ ।
‘स्टाटस’ गायक सुबिको पहिलो एकल एल्बम हो । एल्बममा संगीत तथा शब्दसमेत सुबिकै एकल रहेको छ । तर, आफूलाई गायककै रुपमा चिनाउने उनको भनाइ छ । यसअघि केही गीतमा शब्द तथा संगीत गर्दै आएका सुबि ‘स्टाटस’मार्फत गायकका रुपमा आएका हुन् ।

https://www.youtube.com/watch?v=f4dFZasWINA

Comments