न्यू ईयर ईभमा ‘एञ्जल्स अन द फ्लोर’ !
screennepal
प्रकाशित: २०७२, ३० चैत्र मंगलवार
no img

काठमाडौं । वर्ष २०७२ को अन्तिम साँझ अर्थात् आजको रातलाई अविस्मरणीय र मनोरञ्जनात्मक बनाउने हेतुले फेसन र संगीतको संयोजन रहने कार्यक्रम आयोजना हुँदैछ । ‘एञ्जल्स अन द फ्लोर’ शीर्षकमा संचालन हुने यो कार्यक्रम कान्तिपथस्थित होटल यलो पगोडामा हुँदैछ ।

IMG_2580 (1)
आर एण्ड आर ग्रुपको आयोजनामा संचालन हुने यो कार्यक्रममा १६ जना युवती मोडलहरुले गर्जियस इन्स्टिच्युट अफ फेसन टेक्नोलजी, गिफ्टका फेसन डिजाइनरहरुले तयार पारेका साडी, लेहेंगा, इभिनिङ गाउन र वन् पिस ड्रेसलाई प्रदर्शन गर्नेछन् । रोजिन शाक्यको कोरियोग्राफीमा संचालन हुने यो फेसन शोमा विभिन्न गायक गायिकाले आफ्नो सांगीतिक प्रस्तुति पनि दिनेछन् ।

Comments