भारतको सांगीतिक यात्रा फलदायी : देवकुमार
screennepal
प्रकाशित: २०७२, ३० चैत्र मंगलवार
no img

अनिलदेव राई/झापा  । नेपाली सुगम संगीतक्षेत्रका एउटा पुरानो साधक देवकुमार चौधरी सांगीतिक कार्यक्रमको शिलशिलामा भारतको हरियाना, पन्जाप, चण्डिगढ, दिल्लीलगायत विभिन्न सहरहरुमा सहभागी भएर नेपाल फर्केका छन् । चर्चित तथा सफल गायक/गायिकाहरुको आवाजमा आफ्नो संगीत सिर्जना गराइसकेका गायक तथा संगीतकार चौधरी भारतमा रहेका नेपालीलाई सांगीतिक मनोरञ्जन दिई नेपाल फर्केका हुन् ।

Devkumar Chaudhari
१ दर्जन बढी एल्बम बजारमा ल्याइसकेका चौधरीले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौमा रहेर नृत्य र संगीतक्षेत्रमा लामो समय काम गरेका छन् । नृत्य र संगीतमा उतिकै पोख्त चौधरी पछिल्लो समय सांगीतिक क्षेत्रमा आफूलाई व्यवसायिक रुपमा उभ्याइराखेका छन् । खासगरी पुर्वेली लोकजीवनको कथा, व्यथा, जीवन भोगाई, प्रेम, करुणा, गाउँवेशीका सुसेलीहरु अनि समग्र समाजका आवाजलाई टपक्क टिपेर आफ्नो गीत संगीतमा सजाउँन सक्ने क्षमताका धनि गायक एवं संगीतकार चौधरीले भारतिय नेपालीलाई मनोरञ्जन प्रदान गर्न सफल भएको बताए । यसअघि पनि उक्त स्थानमा आफ्नो सांगीतिक कला प्रस्तुत दिइसकेका चौधरीले यसपटकको भारत भ्रमणले उत्साहित भएको बताए । उनले भने, ‘बिगतमा पनि गाए, नचाए र हसाए तर यसपटक अलि बेग्लै रुपमा आफूलाई पाएँ ।’
चौधरीका अनुसार भारतमा वसोवास गरिरहेका नेपालीलाई नेपालको संस्कृति, चाड–बाड, भेष–भूषा, रहनसहनमा रमाउन चाहन्छन् । उनीहरुलाई नेपालमा बस्ने नेपालीले जस्तै भारतमा पनि नेपालीसँग भेटघाट र खुसियाली साटासाट गर्ने गर्छन् । त्यस्तो अवस्थामा आफ्नो नेपाली माटो, धर्म, संस्कृति र रहनसहन सुहाउँदो गीतहरु गाएर मनोरञ्जन प्रदान गर्न सकेको चौधरीले बताए । उनले भारतमा बसोबास गरिरहेका नेपाली दाजुभाई र दीदि बहिनीहरुले दिएको माया र सम्मानले अझै केही गर्ने उत्साह पाएको बताए ।
२०६० सालमा पहिलो एल्बम ‘सुख दुःखका यादहरु’मार्फत नेपाली सांगीतिक आकाशमा प्रवेश गरेका चौधरीले त्यसअघि रेडियो नेपालमा आफ्ना आवाज रेर्कड गराइसकेका थिए । गायक एवं संगीतकार चौधरीले ‘लैजा चरी’, ‘प्रशंषा’, ‘अतितका यादहरु’, ‘मेरो माया’ लगायत एल्बमहरु बजारमा ल्याइसकेका छन् । गायक एवं संगीतकार चौधरीले चाँडै ‘चर्चा’ एल्बम बजारमा ल्याउँने योजनासमेत खुलासा गरेका छन् ।
सत्यराज आर्चाय, रामकृष्ण ढकाल, शर्मिला वर्देवा, अन्जु पन्त, हिरादेवी राई, सपना परिवार, पार्वती राईजस्ता चर्चित र सफल गायक गायिकाहरुको आवाजमा चौधरीले आफ्नो संगीत सृजना सजाईसकेका छन् । दीप श्रेष्ठ, शम्भुजीत वास्कोटा, प्रकाश गुरुङ, मनोहर सोनाम लगायत आफ्ना अग्रज गुरु ठान्ने चौधरीले आभा मुकारुङ, अन्जना गुरुङ, बिकाश चौधरी लगायतलाई राम्रो सम्भवाना र आशा देख्ने गरेको वताए ।
‘प्रथम अन्तराष्ट्रिय आदीवासी अर्वाड २०५९’ गायक संगीतकारमा द्धितिया, अन्तराष्ट्रिय मोर्डन सङ् एण्ड डान्स प्रतियोगिता १९९८(भारत), –प्रथम, अधिराज्य व्यापी लोकगीत प्रतियोगिता ०६१– प्रथम भइसकेका छन् उनी ।

Comments