सुरेशको ‘दिल दुखेको दिन…’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, २९ चैत्र सोमबार
no img

suresh simkhada, screennepal

काठमाडौं । गीतकार सुरेश सेन सिम्खडाको मर्मश्पर्शी एउटा गीत सार्वजनिक भएको छ । ‘दिल दुखेको दिन कति रोएँ…’ बोल रहेको यस गीतलाई गायक स्वरुपराज आचार्यले स्वर दिएका छन् । विरेन्द्र गुरुङको संगीत रहेको यस आधुनिक सेन्टिमेन्टल गीतमा कलेज लाइफको प्रेममा भएको एउटा प्रेमघातलाई म्युजिक भिडियोमा दर्साएको छ ।
टिकाभक्त जिरेलले निर्देशन गरेको यस गीतको भिडियोमा राम केसी, माला लिम्बू र इम्राल्ड विश्वदीपले अभिनय गरेका छन् । सुमन कोइरालाको छायांकन रहेको यस भिडियोको सम्पादन समिर मियाँले गरेका हुन् । सुष्मा म्युजिकको निर्माण रहेको यस भिडियोलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् ।

https://www.youtube.com/watch?v=VZvnooVgzkw

Comments