एउटा गीत, जसले उठाए माइकललाई (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २६ चैत्र शुक्रबार
no img

काठमाडौं । ‘प्रेम प्रस्ताव’मार्फत औपचारिक गायनमा आएका माइकल लिम्बू फियाकले अहिले राम्रै चर्चा पाइरहेका छन् । विशेषगरी उनको गीत यु–ट्यबका दर्शक तथा श्रोताले रुचाएका छन् । एल्बम ‘प्रेम प्रस्ताव’ को ‘जीवन भर साथ देउ’ बोलको गीतलाई निकै रुचाइएको छ । थोरै समयमै यस गीतलाई यु–ट्युबमा ५ लाखभन्दा बढीले हेरिसकेका छन् । हेमकुमार लावतीको शब्द र गायक तथा संगीतकार राजशुक्र लिम्बूको संगीत रहेको यस गीतमा माइकललाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन् । यो गायक माइकलको पहिलो एल्बम हो ।

Maikal
यु–ट्युबमा गीत चर्चित बनेपछि अडियो किन्नेहरु पनि बढेको गायक माइकलले बताए । उनले भने, ‘यो गीतको चर्चासँगै कम्पनीको रेटभन्दा बढी तिरेर अडियो बिक्री भइरहेको छ ।’ बजारमा एल्बम बिक्री नभए पनि विदेशमा रहेका नेपालीले फोन तथा अनलाइनमार्फत ‘प्रेम प्रस्ताव’ को अर्डर गर्ने उनले बताए । ‘जेहोस् मलाई दर्शक श्रोताले माया दिएका छन्’ माइकलले भने, ‘यहाँहरुकै माया र हौसलाले गर्दा यस क्षेत्रमा लागिरहन मलाई प्रेरित गरेको छ ।’ गायक माइकलले आफूलाई सहयोग र प्रेरणा दिन हाल कतारमा रहेका खेम गुरुङ, सुकबहादुर लिम्बू, सन्तोष राई, दीपक अविरल, हर्क तामाङ, मनोज फियाक र बेनु फियाकप्रति आभार व्यक्त गरेका छन् ।

Comments