रुकमानको हाक्पारेमा निशा र हेमराज (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २५ चैत्र बिहीबार
no img

rukman limbu, screennepal (8)

काठमाडौं । गायक रुकमान लिम्बू सिंगल ट्रयाक लिएर आएका छन् । रुकमानले ‘हाक्पारे पालम ख्याली’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याएका हुन् । उक्त म्युजिक भिडियोको बुधबार राजधानीमा एक समारोहबीच गीतकार सुरेन्द्र रानालगायतले सार्वजनिक गरेका थिए । रुबुशा क्रियटिभ वर्कस् तथा तेह्रथुमे ढाका शपको प्रायोजनमा आयोजित कार्यक्रममा विभिन्न कलाकारहरु ढाकाकै पहिरनमा उपस्थित थिए ।

rukman limbu, screennepal (7)
‘हाक्पारे पालम ख्याली’ लिम्बू संस्कृतिमा आधारित गीत हो । पूर्वेली लोकगीतमा आधारित उक्त हाक्पारेको शब्दरचना सञ्चारकर्मी योङ्जोम शेर्पाले गरेका हुन् । लिम्बू संस्कृति र भेषभूषामै छायांकन गरिएको यस गीतको भिडियोलाई युगल पोमुले निर्देशन गरेका हुन् । यस ‘हाक्पारे पालम ख्याली’ को संगीत गायक तथा संगीतकार उत्तमजंग लिम्बूले संगीत दिएका हुन् । भिडियोमा युगलले मोडल निशा पोमु र हेमराज अन्छोङ्बुलाई निकै सुन्दर रुपमा उतारका छन् । भिडियोमा मोडल निशालगायतका कलाकार तेह्रथुमे ढाका शपकै ढाका पहिरनमा देखिएका छन् । ललितपुरको मिलन चोकमा रहेको यस ढाका शपले ढाका कपडाको विभिन्न पहिरन उत्पादन गर्दछ । कार्यक्रममा ढाका पहिरनमा मोडलहरुले -याम्पसमेत नापेका थिए ।

rukman limbu, screennepal (6)
भिडियो पूर्णरुपमा लिम्बू कला, संस्कृति र रहनसहनमा केन्द्रीत गरेर निर्माण गरिएको छ । भिडियो सार्वजनिक गरिएपनि यु–ट्युबमा पनि ल्याइएको छैन । टेलिभिजनमा प्रसारण गरिसकेपछि मात्र यु–ट्युबमा सार्वजनि गर्ने गायक रुकमानले बताए । उनले भने, ‘दुई तीन दिनमै विभिन्न टेलिभिजनमार्फत सार्वजनिक हुनेछ’ उनले भने, ‘त्यसपछि मात्र यु–ट्युबमा ल्याउँने हो ।’  तस्बिर : सुनिल राजभण्डारी/स्क्रीन नेपाल

rukman limbu, screennepal (4) rukman limbu, screennepal (3) rukman limbu, screennepal (2) rukman limbu, screennepal (1)

Comments