मोडलिङमा जम्दै शिवदास
screennepal
प्रकाशित: २०७२, २५ चैत्र बिहीबार
no img

काठमाडौं । चर्चित गायिका मौसम गुरुङको गीतबाट नेपाली मोडलिङ क्षेत्रमा पाइला सारेका मोडल शिवदास गुरुङ अहिले म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । ओखलढुंगा रुम्जाटारका २० वर्र्षीय मोडल गुरुङले गायिक मौसमीको ‘कपाल कोरि चिटिक्क परि’ बोलको गीतमा पहिलोपटक अभिनय कला प्रस्तुत गरेका हुन् । सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्ने मोडल गुरुङले त्यसलगतै गायक राजेशपायल राईको ‘हिड्दा हिड्दै’ र गायिका निर्मला घिसिङको ‘होइ च्याङबा’ बोलको गीतमा अभिनय गरेका छन् ।

shibadas
नेपालमा हुने विभिन्न मोहत्सवमा आफ्नो दमदार नृत्यका साथसाथै अभिनय प्रस्तुति दिइसकेका मोडल गुरुङले अभिनय गरेको म्युजिक भिडियो रिलिज हुनेक्रम जारी छ । ब्याचलेर लेभल रनिङमा रहेका गुरुङ हाल महेन्द्र पुलिस क्लबको सांस्कृतिक टोलीमा समेत आवद्ध छन् । अवसर पाए जस्तोसुकै पनि रोल निभाउन सक्ने उनी बताउँछन् । हाल उनी चुच्चेपाटिस्थित संगीत सिला प्रतिष्ठानमा अभिनयका साथसाथै नृत्य प्रशिक्षण लिइरहेका छन् ।

Comments