निशालाई जन्मदिनमा एल्बम उपहार (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २५ चैत्र बिहीबार
no img

Nishar Desar (1)

काठमाडौं । गायिका निशा देसारले बुधबार आफ्नो जन्मदिन मनाएकी छन् । ललितपुरस्थित आफ्नै निवास निशाले जन्मदिन मनाएकी हुन् । निशालाई जन्मदिनको अवसरमा गीतकार आनन्दरत्न बज्रचार्यले गीति एल्बम ‘निशा आनन्द’ उपहार दिए । एल्बमको गायिका निशा, गीतकार आनन्द, संगीतकार राजु सिंहलगायतले विमोचन गरेका थिए ।

Nishar Desar (2)
यसअघि निशाले गीतकार आनन्दरत्नको ‘अजनबी’ बोलको गीत गाएकी थिइन् । उक्त गीतबाट निशाले २०६९ मा इमेज अवार्डमा उत्कृष्ट गायिकाको अवार्डसमेत पाएकी थिइन् । केही पत्रकारलाई मात्र निमन्त्रणा गरिएको निशाको जन्मदिनको शुभकामना दिन संगीतकार राजु सिंहलगायतका कलाकार पनि निशा निवास पुगेका थिए ।
एल्बम ‘निशा आनन्द’ मा निशाको एकल स्वरमा १२ वटा गीत रहेका छन् । राजु सिंह, नवराज बराल, विनोदकुमार भुजेल, हरिशरण सायमी, सुरेन्द्र श्रेष्ठ, मनराजा नकर्मी र बिजेन श्रेष्ठको संगीत रहेको ‘निशा आनन्द’ मा हातमा माला, छाउगोठको बास, यो देशको गीत गाउँदै, म गीत गाउँदिन, चिनी रोग, बुढेसकाल, मरिसकेँ म, अजनबी, जीवन भुँमरी, हजुरलाई सलाम र मनमनै तिमीलाई बोलका गीत रहेका छन् । एल्बममा गीतकार आनन्दरत्नको एकल शब्दरचना रहेको छ ।

Comments