… बाटो फेरेपछि धोकाको कुरा गर्दै दर्पण (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २३ चैत्र मंगलवार
no img

darpan rai, screennepal

काठमाडौं । यु–ट्युबमा अहिले चर्चामा रहेको गीत हो, ‘तिमीले बाटो फे¥यौ अरे…’ । मेलिना राईको स्वर रहेको यस गीतमा गीतका गीतकार दर्पण राई हुन् । यस गीतको भिडियोमा पनि दर्पणकै अभिनय छ । ‘तिमीले बाटो फे¥यौ अरे…’ यस्तो गीत हो, जसमा प्रेम वा प्रेमसम्बन्धी आत्मीयताको तिक्तता पोखिएको छ । त्यसैले पनि यस गीतलाई युवा श्रोताले आफ्नै गीत ठानेका छन् । यसैबेला दर्पण निर्देशित तथा अभिनीत अर्को गीतको भिडियो आएको छ । गीतको बोल रहेको छ, ‘तिमीले मलाई धोका दियौं प्रिये…’ ।

alish rai, screennepal
यो गीत ‘तिमीले बाटो फे¥यौ अरे…’ सँगै जोडेर हेर्दा सिक्वेलजस्तै लाग्छ किनकि, यसमा पनि मायालुले धोका दिँदाको क्षणलाई प्रस्तुत गरिएको छ । गायक टेक एन लुङ्गालीको स्वर रहेको यस गीतको भिडियोमा अलिशा राई, अंकित खड्का र दर्पणकै अभिनय हेर्न सकिन्छ । यो भिडियो यु–ट्युबमार्फत रिलिज गरिएको हो । गीतकार तथा मोडलसमेत रहेका दर्पण राईले निर्देशित यस भिडियोलाई फोटो पत्रकार नविनबाबु गुरुङले खिचेका हुन् । ‘तिमीले मलाई धोका दियौं प्रिये…’ गीतको शब्दरचना राजेश अर्यालले गरेका हुन् । बुद्ध सायमीको म्युजिक एरेञ्ज रहेको यस गीतको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

Comments