गर्जियस शोमा डेढ दर्जन मोडल प्रस्तुत हुँदै
screennepal
प्रकाशित: २०७२, २३ चैत्र मंगलवार
no img

काठमाडौं । गर्जियस इन्टिच्युट अप फेसन टेक्नोलोेजीले यसपटक पनि मोडलहरुलाई -याम्पमा उतार्दैछ । ‘गर्जियस अटायर फेसन शो’ नाममा इन्टिच्युटले डेढ दर्जन मोडललाई विभिन्न पहिरनमा उतार्न लागेको हो । इन्टिच्युटकी सञ्चालक तथा फेसन डिजाइनर शोभा महर्जनका अनुसार उक्त फेसन शोमा नेपालका चर्चित मोडलहरुले क्याटवाक गर्नेछन् । इन्टिच्युटमा अध्यनरत विद्यार्थी क्रियशनलाई प्रमोट गर्नु यस फेसन शोको मुख्य उद्देश्य हो ।

show
नयाँ वर्ष २०७३ को अवसर पारेर ग्वार्कोस्थित १९९९ एडी पार्टी प्यालेसमा यही २६ हुने यस गर्जियस अटायर फेसन शोमा शोभा महर्जनलगायत नविना महर्जन, रमिला महर्जन, विविस्ना शाक्य, कञ्चन महर्जन, अञ्जना अधिकारी, विमला महर्जन, लक्ष्मी श्रेष्ठ र सावित्री कार्कीले डिजाइन गरेको विभिन्न पहिरनमा मोडल प्रस्तुत हुनेछन् ।
शोमा जम्मा सात वटा सिक्वेन्स रहेको कार्यक्रमको संयोजकसमेत रहेकी डिजाइनर शोभाले बताइन् । उनका अनुसार साडी, कुर्था, गाउन, लेहेँगा, वानपिसलगायतका सिक्वेन्स शोमा राखिएको छ । जसमा अरुणी वाइबा, ऋतु मगर, सुष्टि सुनुवारलगायतका मोडलहरु प्रस्तुत हुने भएका छन् । यस शोका लागि नेप्लीज फेसन होम र १९९९ एडी पार्टी प्यालेसका अलावा लिटिल स्टारको पनि सहकार्य रहेको छ । लिटिल स्टारले साउण्डमा सहकार्य गर्नेछ । यो गर्जियस अटायर शोको तेस्रो संस्कण हो । लखनखेलमा रहेको यस गर्जियस इन्टिच्युट अफ फेसन टेक्नोलोजीमा हाल २५ विद्यार्थी छन् ।

Comments