धरानको पुरानो बजारमा पल र अलिशा
screennepal
प्रकाशित: २०७२, २२ चैत्र सोमबार
no img

IMG_3960

सुनसरी । धरानको पुरानोबजारमा अहिलेका ब्यस्त मोडेल पल शाह आफ्ना फ्यानको बिचमा घेरिएका थिए । उनी आफ्ना युवा तथा युवती फ्यानको आग्रह मान्दै सेल्फी खिच्नमा ब्यस्त देखिन्थे । यतिकैमा ल शट रेडी भनेपछि पल एकछिन् ल, भन्दै भीडबाट बाहिरिए । त्यसपछि मात्र थाहा भयो उनी शुटिङका लागि आएका रहेछन् भनेर ।

IMG_4174
धरानका गायक बबिन लिम्बुले गाएको पुराना सारंगीवादक सुरेश गन्धर्बको शब्द तथा संगीत रहेको पुरानो लोकप्रिय गीत ‘धरानको पुरानो बजारमा दुई बशिनीलाई चिनेथ्यो’ गीतको नयाँ भर्सनको शुटिङमा मोडेल पलसँग मोडल अलिशा राई, धरानको मोडल निलम थापा र इटहरीका रोशन श्रेष्ठ शुटिङमा ब्यस्त थिए । उनीहरुलाई एक्शन–कटको निर्देशन गराउँदै थिए योर इस्टाल टिभीका निर्देशक नमित चन्द ठकुरी र छायांकन गर्दैथिए, रोशन श्रेष्ठ ।

IMG_4104
गीतले धरानको पुरानोबजÞार छोएकोले पुरानोबजारको विभिन्न चोक, मन्दिरलगायत भेडेटार तथा धरानमा भर्खरै शुरु भएको प्याराग्लाइडिङमा समेत छायांकन गरिएको छ । यो भिडियो योर इस्टाल टिभी र सिल्भर इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

Comments