‘टेको सन्ध्या’मा अनुरागीसँग तीन घण्टा दर्शक लठ्ठै (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १९ चैत्र शुक्रबार
no img

afa125d3-ac1c-4def-b364-81b6272e1f2c

काठमाडौं । संगीतकार तथा गायक बिबी अनुरागीसँग करिब तीन घण्टा दर्शकले बिताएको थाहै पाएनन् । अनुरागीले बिहीबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आफ्ना सिर्जनाहरु लगातार सुनाइरहँदा दर्शकदीर्घा मन्त्रमुध्न भए । करिब ४० जनाको वाद्यबादकसँग टेको सन्ध्या’ मा प्रस्तुत भएका अनुरागीले सुरुमै आफ्नी आमप्रति समर्पित गीत प्रस्तुत गरेका थिए (भिडियो हेर्नुस्) ।

कार्यक्रममा अनुरागीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिहँदा लाग्थ्यो, ‘कला भनेको त यस्तो पो त ।’ कार्यक्रममा उनले संगीत सिर्जना गरेका विभिन्न चर्चित गीतहरु चर्चित गायक÷गायिकाले पनि प्रस्तुत गरेका थिए । सत्य–स्वरुप आचार्य, मिलन अमात्य, टिका पुन, मुना थापामगर, स्वरुपा रसाइलीलगायतले अनुरागीको सिर्जना प्रस्तुत गरेका थिए । साथै, गायक रुकमान लिम्बू स्मृति शाहीलगायतका गायक÷गायिकाले कोरसमा साथ दिएका थिए ।

bb 1

अनुरागीलाई कला र गला भए पनि पछाडि पर्दैैै आएका कलाकारलाई अगाडि ल्याउने र समाजमा विद्यमान विकृतिलाई नाटक र गीत संगीतमार्पmत उजागर गर्ने उद्येश्यले स्थापित नेपाली कला संगम र निर्भाना कला केन्द्रले प्रस्तुत गरेका हुन् । भूकम्पबाट क्षतिग्रस्त धादिङको चण्डीदेवी माध्यमिक विद्यालय र सिन्धुपालचोकको जनता माध्यमिक विद्यालयको पूर्न निर्माण तथा बृद्धाआश्रममा आश्रित बृद्धबृद्धाको सहयोगार्थ अनुरागीलाई एकल साँझमा उतारिएको संगमका सल्लाहकार तथा कार्यक्रम संयोजक सुदर्शन महर्जनले बताए ।

bb

कार्यक्रममा सत्यराज आचार्यले यसै वर्ष घरको धुरी छाउनु पर्ने थियो, स्वरुपराज आचार्यले जहाँ तिमी त्यहाँ म हुन नपाउँदा, शिशीर योगीले माया गर्नुको अर्थ, रामचन्द्र काप्mलेले मेरो माया कलकल बग्ने, शर्मिला गुरुङ र आरके गुरुङले चलचित्र निशानीको कौरा गीत अच्छा लेकिन क्या बात, सुनिता गुरुङ र जीवन परियारले भूकम्प गीत महाविपत्तीलाई प्रगतिको अवसर बनाऔं, मुना थापा मगरले संगीतकार अनुरागीका साथमा लोकदोहारी गीत भेटै नहुने, जुनु रिजालले तिम्रै झल्को आँछ मेरो परदेशी, चन्दा विश्वकर्माले यो साल पनि बाँभैm बस्यो मेरो मनको बारी, मिलन अमात्यले संगीतकार अनुरागीका साथमा चलचित्र परदेशीको सुपरहिट गीत कुरा खाँटी हो, स्वरुपा रसाइलीले अनुरागीका साथमा स्वदेश गान प्राणभन्दा प्यारो मेरो नेपाल गाएका थिए । संगीतकार अनुरागीले उडेर जुन छुन्छु भन्थे, शिरबिनाको खोला हुँदैन, तिमीलाई जहाजमा उडे पनि पुग्छ, नटाढीनु है, मेरा हरेक सफलतामालगायतका गीत प्रस्तुत गर्दा दर्शक लठ्ठ परेका थिए ।

 

Comments