रिर्पोेटिङसँगै मोडलिङमा रञ्जित
screennepal
प्रकाशित: २०७२, १९ चैत्र शुक्रबार
no img

काठमाडौँ । पछिल्लो समय सञ्चारकर्मीहरु अभिनय र मोडलिङ सक्रिय हुन थालेका छन् । यसैक्रममा रञ्जित पौडेल पनि म्युजिक भिडियोमा लगातार देखिन थालेका छन् । मोफसलमा रेडियो पत्रकारितामार्फत सञ्चारकर्ममा आएका रञ्जित हाल मोडलिङमा पनि व्यस्त हुन थालेका छन् । हाल काष्टमण्डप टेलिभिजनमा कार्यक्रम निर्माता तथा प्रस्तोताका रुपमा काम गर्दै आएका उनी पछिल्लो समय गायक तथा रचनाकार बिजय थापाको आवाजमा रहेको ‘आकाशको तारा जुन झारी दिन्छु भन्दिनँ म’ बोलको गीतमा देखिएका छन् ।

Ranjit
रिमेश पाठकको निर्देशन र अमृत सुनुवारले छयांकन रहेको उक्त म्युजिक भिडियो एकदमै राम्रो भएको र दर्शकको मन जित्ने कुरामा गायक बिजय मात्र नभएर रञ्जित पनि विस्वस्त छन् । यस म्युजिक भिडियोमा रञ्जितसँग अर्का मोडल प्रिन्स र जश्मिनले पनि अभिनय गरेका छन् । सञ्चारकर्मी तथा मोडल रञ्जितले अभिनय गरेको यो चौथो म्युजिक भिडियो हो भने अर्को नयाँ म्युजिक भिडियो पनि छायांकनको क्रममा रहेको रञ्जितले बताए ।

ranjit 1

Comments