राजधानीमा दोहोरी साँझबीच भीडन्त हुने
screennepal
प्रकाशित: २०७२, १९ चैत्र शुक्रबार
no img

काठमाडौं । चैत्र २४ देखि २८ गतेसम्म राजधानीमा दोहोरी प्रतियोगिताको हुने भएको छ । भृकुटी मण्डपमा हुने यस प्रतियोगितामा देशभर सञ्चालनमा रहेका करिब १२० दोहोरी साँझका कलाकारबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यो प्रतियोगिता गर्न लागेको हो । प्रतिष्ठानले राजधानीमा पत्रकार सम्मेलन गरी दोस्रो वर्ष अन्तर दोहोरी साँझ दोहोरी गीत (रनिङ शिल्ड) प्रतियोगिताबारे जानकारी गराएको हो ।

folk-duet-song
कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपाध्यक्ष तथा गायक बद्री पंगेनीले गरिबको दशैंजस्तो मागेर, खर्च जुटाएर कार्यक्रम गर्दै आएको बताए । त्यस्तै, प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले यस वर्षको प्रतियोगितामा दोहोरी साँझमा आवद्ध कलाकारले मात्रै सहभागिता जनाउन पाउने बताए । अहिलेसम्म प्रतियोगीताका लागि देशभरबाट २२ टिमले सहभागिताका लागि नाम दर्ता गरिसकेको बताए । प्रतियोगितामा सामेल हुनका लागि सहभागी कलाकारले ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने छ ।
नेपाली लोक संगीत क्षेत्रका मौलिकतालाई प्रोत्साहन गर्दै लोक गायनका क्षेत्रमका आएका नव कलाकारलाई गायनमा अभिप्रेरित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यो प्रतियोगीतामा सफल हुने कलाकारलाई नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ्
प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय हुने सहभागी टिमलाई क्रमशः ५५,५५५, ३३,३३३, २२,२२२ तथा प्रतियोगीतामा उत्कृष्ठ हुने गायक गायिकालाई ५,५५५ रुपैयाँको पुरस्कार राशी प्रदान गरिने बताइएको छ ।

Comments