एचआईभी संक्रमितको सहयोगार्थ सांगीतिक टुरमा कतारतर्फ हेमन
screennepal
प्रकाशित: २०७२, १९ चैत्र शुक्रबार
no img

काठमाडौ । गायक हेमन मोक्तान सांगीतिक कार्यक्रमका लागि आज (शुक्रबार) कतार प्रस्थान गर्दैछन् । गायनसँगै समाज सेवामा सक्रिय हेमनले केही बर्षयता एचआईभी संक्रमित बालबालिकालाई सहयोग पनि गर्दै आएका छन् । ‘शिक्षा र स्वास्थ्य’ नामक कोषको स्थापना गरि बेबी लाइफ होमका २४ बालबालिकालाई सहयोग गर्दै आएका हेमनले यिनै बालबालिकाको सहयोगार्थ दोस्रो एल्बम ‘फर्माइस’ हालै बजारमा ल्याए ।

heman
तामाङ सेवा समाज कतारको सहकार्यमा हुने हेमनको सांगीतिक टुरमा नायिकाद्वय अशिष्मा नकर्मी र रजनी केसी पनिले सघाउने भएका छन् । ‘पहिलोपटक सांगीतिक कार्यक्रममा विदेश जाँदैछु निकै खुसी छु’ हेमनले भने, ‘मेरो प्रयासमा मिलेको साथ् देख्दा निकै उत्साहित पनि छु ।’
हेमनको अभियानमा सहयोग गर्नका लागि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ गीतकार डाक्टर भोला रिजाल, वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह, गायक रामकृष्ण ढकाल, अभिनेत्री रेखा थापा र प्रियंका कार्की, हास्यकलाकार दीपकराज गिरि तथा दीपाश्री निरौलाका साथै सञ्चारकर्मी नरेश भट्टराईले पनि सहयोग गरिदिन भिडियोमार्फत आग्रह गरेका छन् । एचआइभी संक्रमित भएकै कारण सामान्य स्कुलमा समेत भर्ना नपाएका २४ विधार्थीका लागि आफूले सहयोग गर्न चालेको कदम सफल हुनेमा हेमन विश्वस्त छन् । कतारमा उनले लगातार एक महिनाभन्दा बढी विभिन्न सांगीतिक कायक्रममा प्रस्तुत हुनेछन् ।

Comments