काठमाडौं । अमेरिकामा रहेका नेपाली कलाकारलाई एक सुत्रमा बनाउनका लागि अमेरिकामा स्थापित ‘नेपाली अमेरिकन कलाकार संघ’ले यु–ट्युबाट भविष्यपरन्त हुने कमाई तथा प्रतिलिपि अधिकार र रोयल्टीबारे एक अन्तक्रिया कार्यक्रम गरेको छ । संघका तर्पmबाट अध्यक्ष तथा गायक सुमन बुढामगर र केन्द्रिय संयोजक तथा गायक एम बरालले काठमाडौं आई संगीतकर्मीको भेला गराई छलफल गरेका हुन् ।
प्रतिलिपि अधिकार र रोयल्टीमा ठगिएका कलाकारको आवाजलाई बुलन्द पार्ने हेतुले अन्तरक्रिया गरेको संस्थाका अध्यक्ष सुमन बुढामगरले बताए । ‘युट्युुबबाट राम्रो रोयल्टी पाउन सकिन्छ । तर कतिपय कलाकारलाई यसबारे जानकारी नभएकाले उनीहरुको रोयल्टीवापतको ठुलो रकम गुमिरहेको छ । जथाभावी आप्mना गीत र अडियो अडियो भिडियो सामग्री युट्युबमा अपलोड गर्दा कलाकारहरु त्यसबाट पाउने रोयल्टीबाट वञ्चित भइरहेका छन् । बैधानिकरुपमा युट्युब च्यानल सञ्चालनमा ल्याए कलाकारको शेषपछि उसको सन्तानले पनि त्यसबाट निरन्तर रोयल्टी पाइरहन्छ’ उनले भने, ‘कलाकारले बैधानिक रुपमा यु–ट्युब च्यानल बनाई सञ्चालन गरे मापदण्डअनुसार रोयल्टी प्राप्त गराउन संघले सहयोग गर्नेछ ।’
कार्यक्रममा अमेरिकाबाट साईवर सेक्युरिटीमा पिएचडी गरेका डा. रामहरी सुवेदीले स्काईपमार्पत त्यहीँबाटै पाईरेसीबाट बच्ने उपायबारे सिकाएका थिए । त्यस्तै, संघका केन्द्रिय संयोजक यम बरालले सरकारी तवरबाट साथ नपाएकोमा दुखेसो प्रकट गरे । ‘बिदेशमा बस्ने नेपालीले पनि अवैधानिक तरिकाबाट नेपाली गीत संगीत सिधै डाउनलोड गरिरहेका छन् । त्यतातर्फ सरकारी निकाय मुकर्दशक भएर हेर्नाले पनि कालकारहरु ठगिरहेका छन्’ बरालले भने, ‘त्यसैले यसबिरुद्ध अभियानका साथ अब संघले नेपाली गीत संगीतबारे जानकारी नभएका विदेशमा बस्ने नेपाली बालबालिकालाई यसबारे ज्ञान प्रदान गर्नका लागि समेत हामी विशेष अभियानको थालनी गर्नेछाँ ।’
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले कलाकर्मी, प्रविधि र प्र्रतिलिपि अधिकारीबारे सचेत नभएको आरोप लगाए भने विन्ध्यावसिनी म्युजिक कम्पनीका प्रवन्ध निर्देशक सुवास रेग्मीले कार्यगत शैलीमा परिवर्तन नल्याएसम्म जस्तोसुकै अन्तक्रिया गरे पनि सार्थक नहुने चर्चा गरे । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले रोयल्टी संकलन गर्न समाजले सम्बन्धित संधसंस्थासंग सहकार्य गरिरहेको बताए । उनले संसदमै गएर रोयल्टीसम्बन्धी मुद्धा कार्यन्वयन गराउन दवाब दिइरहेको बताए ।