कीर्तिपुरका गणेश बने यस वर्षको ‘मिस्टर नेपाल’
screennepal
प्रकाशित: २०७२, १५ चैत्र सोमबार
no img

काठमाडौ । ‘वल्र्ड टच मिस्टर नेपाल–२०१६’ को उपाधि कीर्तिपुरका २९ बर्षीय गणेश अग्रवालले जितेका छन् । ४५ युवा प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । ‘एउटा राजकुमारमा हुनुपर्ने गुण तपाईमा के छ ? भनि निर्णायकको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै अग्रवालले उपाधि जित्न सफल भएका हुन् । अग्रवालले नगद तीन लाख, दुई चलचित्रमा अभिनय अवसरका साथै मलेसिया भ्रमणको अवसर प्राप्त गरेका छन् । उनले २०१६ मा आयोजना हुने ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व आयोजकले जनाएको छ ।

Mr nepal
त्रिभुवन आर्मी अफिसर्स क्लबमा आइतबार अबेर सम्पन्न प्रतियोगितामा दिप्सन भट्टराई र शंशाक पोखरेल क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप घोषित भए । दुवै बिजेताले उपाधिका साथमा विभिन्न उपहारसमेत प्राप्त गरे ।
युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजक एक्सपोज नेपालले सहभागी युवालाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उत्रेका थिए ।

IMG_3777
१६ बर्षदेखि ३५ बर्ष ननाघेका उत्साही युवाको प्रतियोगीतामा सहभागीता रहेको थियो । आधा दर्जन उप–शीर्षकमा विजेता घोषित गरिएको प्रतियोगितामा मौसम कार्की बेष्ट क्याटवाक, मुकेश ज्यापु मिष्टर फिजिक्स, बिकाश रावल मिष्टर ट्यालेन्ट, उज्वल श्रेष्ठ मिष्टर चार्मिङ , उमेश केसी मिष्टर फ्रेन्डी, कृष्ण तम्राकार मिष्टर डिसिप्लेन , दिलिप लामा भियुर च्वाइस अवार्ड, सन्बास नेपाल मल्टिमिडिया, प्रितु पन्त मिष्टर स्टाइलिस घोषित भए ।
अभिनेता अर्जुन कार्की , समाजसेवी मोहन बस्नेत, प्यासनको उप¬–सभापती दिपाक रिमाल, बिजनेश ब्यान अरनिको सिंह, वकिल करिष्मा कुमार बस्नेत, समाजसेवी भिष्म पाण्डे, मोडल दिपक घिमिरे, २०१४ को मिस्टर नेपाल सुरज चिल्वाललगायत निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफी प्रसान्त ताम्राकारले गरेका थिए । मिष्टर नेपाल आफूले दशक अगाडीदेखि नियमित आयोजना गर्दै आएको जानकारी दिँदै आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले आगामी वर्ष पनि यसलाई झन् आकर्षक तवरले निरन्तरता दिने बताए ।

Comments