‘स्कुल प्रिन्सेस नेपाल’ का लागि प्रशिक्षण सुरु
screennepal
प्रकाशित: २०७२, १४ चैत्र आईतवार
no img

काठमाडौं । यसपटक पनि ‘स्कुल प्रिन्सेस नेपाल’ हुने भएको छ । आर.के. इन्टरटेन्मेन्ट ग्रुपले सञ्चालन गरेको शैक्षिक प्याकेज ‘स्कुल प्रिन्सेस नेपाल’ का लागि कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रामा केन्द्रित गरी उनीहरुको बौद्धिकता प्रतिभा एवं ब्यक्तित्व मापनको रुपमा लिइएको छ । ‘स्कुल प्रिन्सेस नेपाल–२०१६’ का लागि प्रशिक्षण सुरु गरिएको आयोजकले जनाएको छ ।

spn
‘स्कुल प्रिन्सेस नेपाल’ नेपालको पहिलो शैक्षिक कार्यक्रम हो । उपत्यकामा रहेको विद्यालयहरुलाई समेट्ने प्रयत्न गरिएको आर.के. इन्टरटेन्मेन्ट ग्रुपले जनाएको छ । यस प्रतियोगिताको आफ्नै ब्राण्ड गीत रहेको छ, जसले प्रतियोगिताबारे पहिचान खुलाईदिन्छ ।
‘स्कुल प्रिन्सेस नेपाल’ को यो तेस्रो सिजन हो । उपत्यकाका स्कुलमा रिसर्च गर्नेक्रम जारी रहेको आर.के. इन्टरटेन्मेन्ट ग्रुपले जनाएको छ । यस प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीलाई छात्रबृत्तिसहित नगद तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने आर.के. इन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष राम केसीले बताए ।

Comments