‘लक्ष्मी स्टील राईजिङ स्टार’ बन्न ६० जनाको स्पर्धा
screennepal
प्रकाशित: २०७२, १४ चैत्र आईतवार
no img

काठमाडौं । ‘लक्ष्मी स्टील्स राईजि स्टार–२०७२’ बन्न यतिखेर विभिन्न स्कुलमा अध्ययनरत ६० जना बालबालिका स्पर्धा गर्दैछन् । क्रियटिभ वल्र्ड नेपालको आयोजनामा हुने यो प्रतियोगिताको अन्तिम स्पर्धा आउँदो ५ बैशाखमा राजधानीस्थित राष्ट्रिय नाचघरमा हुँदैछ ।

Edited1
प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा कक्षा २ देखि ९ मा अध्ययन गर्ने बालबालिकाहरु सहभागी छन् । कार्यक्रम पहिलो र दोश्रो गरी दुई चरणमा छनोट गरिने आयोजकले जनाएको छ ।
बालबालिकाको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरताको मूल्यांकन गरि बर्षको राईजि स्टार घोषणा गरिने क्रियटिभ वल्र्डका प्रमुख प्राज्ञ एवं बरिष्ठ संगीतकार शान्तिराम राईले बताए । बर्षको बिजेता राईजिङ स्टारले नगद ५० हजारसहित ताज, ट्रफी तथा गिफ्टह्याम्परहरु पाउने जनाइएको छ । साथै, फस्र्टरनरअप र सेकेण्ड रनरअपले ट्रफी तथा गिफ्टह्याम्परहरु पाउनेछन् भने अन्य विभिन्न सवटाइटल अवार्डबाट पुरस्कृत गरिने छ । चैत्र २२ गतेबाट सहभागी बालबालिकालाई उनीहरुको व्यक्तित्वविकास, आत्माविश्वास अभिवृत्ति र विभिन्न क्षेत्रका ख्यातीप्राप्त व्यक्तित्वसँगको अन्तरक्रिया लगायतको नियमित बन्दप्रशिक्षणमा सहभागीता गराइने छ ।
सोही अवसरमा शैक्षिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका एकजना विद्यालयका संस्थापक प्रिन्सिपललाई शैक्षिक सम्मानद्धारा सम्मान गरिने छ भने नगद १० हजारसहित शैक्षिक पत्रकारिता पुरस्कारद्धारा एकजना शैक्षिक पत्रकारलाई पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ भने उत्कृष्ठ २ जना अभिभावकलाई समेत सो कार्यक्रममा सम्मान गरिने छ ।
गत वर्षको पहिलो ‘लक्ष्मी स्टील्स राइजिङ स्टार २०७१’ को उपाधि जेम्स स्कुलमा कक्षा ६ मा पढ्ने स्मेरा सिंले जितेका थिए ।

Comments