रुशाले जितिन् प्रथम ‘आदिवासी सुन्दरी’को ताज (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १४ चैत्र आईतवार
no img

काठमाडौं । ‘प्रथम एईसीसी ग्लोबल मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१६’ को उपाधि रुशा मानन्धरले जितेकी छन् । आफ्ना ५० प्रतिस्पर्धीलाई पछि पार्दै रुशाले उपाधि जित्न सफल भएकी हुन् । शनिबार राजधानीको नेपाल प्रज्ञा भवनमा आयोजित आदिबासी युवतीबीचको स्पर्धामा काठमाडौंकी रुशाले उपाधिसँगै २५ हजार रुपैयाँ, दुई लाख रुपैयाँ बराबरको चाँदीको ताज र अन्य उपहारसमेत प्राप्त गरिन् । उनले पर्सनालिटीको उपाधिसमेत पनि हासिल गरिन् ।

miss Indiginias (6)
यस्तै, सो प्रतियोगितामा ‘आनन्द ज्वेलर्स् फस्ट रनरअप’को उपाधिसहित मिरा थापामगरले १० हजार रुपैयाँ र अन्य उपहार जितिन् । उनले ‘मिस स्माईल’को उपाधि पनि पाइन् । त्यस्तै, प्रतियोगितामा ‘सेकेन्ड रनरअप’को उपाधिसहित सारा तामाङले ५ हजार रुपैयाँ र अन्य उपहार प्राप्त गरेकी छन् ।

miss Indiginias (1)
प्यासिफिक इभेन्ट्सद्धारा आयोजित पहिलोपटक आयोजित प्रतियोगितामा ‘फेसियल हाउस मिस बेस्ट हेयर’को उपाधि सराना मानन्धर, ‘मिस डिसिप्लेन’ ममता मानन्धर र मिस फ्रेण्डसिपको उपाधि एलिना माझीले भए भने ‘मिस इलिगेन्ट’को उपाधि छिरिङ शेर्पाले, ‘मिस बेस्ट स्किन’को उपाधि पारोहाङ थुलुङले प्राप्त गरेका छन् । त्यसैगरी ‘पर्फेक्ट पिक्चर’को उपाधि रुविना श्रेष्ठले, ‘पब्लिक च्वाईस’को उपाधि केशाङ दावा शेर्पाले हासिल गरेकी छन् भने ‘मिस ट्यालेन्ट’को उपाधि कमला लामा र ‘मिर चार्मिङ’को उपाधि सुभानी मोक्तानले जिते ।

miss Indiginias (3)
प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्य र नृत्य संयोजन रोहिया महर्जनले गरेका थिए । कार्यक्रममा गायिका निशा देशारले चलचित्र ‘रादहानी’ को मारुनी गीत ‘साउनको ठुलो झरी…’ प्रस्तुत गर्दा दर्शक छमछमी नाचका थिए । यस्तै, गायक रुकमान लिम्बु र श्रेयासी चेम्जोङले पनि गीत प्रस्तुत गरेका थिए । रुकमानले आफ्नो नयाँ पुर्वेली हाक्पारे गीत प्रस्तुत गरेका थिए ।

miss Indiginias (2)
आयोजक संस्थाका अध्यक्ष एवं अभिनेता फुपु तेन्जिङ शेर्पाले यस प्रतियोगितालाई ‘आदिवासी युवतीहरुको आवाज’ का रुपमा चर्चा गरे । आदिबासी युवतीहरुको व्यक्तित्वविकाश, सांस्कृतिक संरक्षण प्रवर्धन र प्रतिभा प्रस्तुतिका लागि कार्यक्रम आयोजना गरिएको शेर्पाले बताए ।

miss Indiginias (4)
कार्यक्रमको निर्णायकमा प्रभु बैंकका सिईओ अशोक शेरचन, बुटिक एशोसियसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, गायक लाक्पा शेर्पा, आदिबासी जनजाती प्रतिष्ठानका प्रवक्ता राम मादेन, भनेन्द्रकुमार लिम्बु र मञ्जु श्रेष्ठ थिए । तस्बिरहरु : सुनिल राजभण्डरी/स्क्रीन नेपाल

 

Comments