सिमली छायाँमा छचल्कियो १६ वर्षे पिरती (भिडियो)
screennepal
प्रकाशित: २०७२, १२ चैत्र शुक्रबार
no img

काठमाडौं । भनिन्छ, माया पिरती गाँस्नलाई निश्चित उमेर हुँदैन । यो भनाइलाई ठ्याक्कै मेल खालेगरी एक गीतमा १६ वर्षे पिरती छचल्किएको छ । मिलन अमात्य र राजु केसीको स्वरमा रहेको ‘सिमली छायाँले’ बोलको म्युजिक भिडियोमा यसरी पिरती छचल्किएको हो । आधा दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका शुभम थापा र मोडल ऋचा थापाले यस गीतमा मोडलिङ गरेका छन् । गीतमा शुभम र ऋचाको अभिनयलाई दर्शकले रुचाएका छन् । सिर्जन बरालले निर्देशन गरेको यस म्युजिक भिडियोलाई गायिका गायत्री थापाले निर्माण गरेकी हुन् । कृष्ण समिप सुवेदीको शब्दरचना तथा संगीत रहेको यस म्यूजिक भिडियोलाई शिवदर्शन डिजिटलले बजार प्रबद्र्धन गरेको हो ।

Comments